‘छ माया छपक्कै’ ५१ दिन मनाउँदै

असोजको २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’ले काठमाण्डौका आधा दर्जन हलमा ५१ दिन मनाएको छ । यो चलचित्र बीएसआर, गोपी, गुण, गंगा, अष्टनारायण र सीडीसी हलमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ ।
चलचित्रको निर्माणपक्षले आधा दर्जन हलमा ५१ दिनसम्म चलचित्र रिलिज भएको भन्दै दर्शकलाई धन्यवाद समेत दिएको छ । रोहित अधिकारी र आमा सरस्वती मुभिजको निर्माणमा तयार भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रलाई यो बर्षकै सर्वाधिक ग्रस कमाउन सफल चलचित्रको रुपमा हेरिएको छ । यो चलचित्रको व्यापारिक आँकडा भने निर्माणटिमले सार्वजनिक गरेको छैन ।
दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले राजनीतिक बिषयलाई मुख्य मुद्दा बनाएको थियो । यसपटक, दर्शकले यो टिमको चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
यसैविच, दिपकराज गिरी र उनको टिमले ५१ दिन मनाउने चलचित्रको सूचीमा दोहोरो ह्याट्रिक नै गरेको छ । यसअघि यो टिमले बनाएका ‘६ एकान ६, वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ले पनि ५१ दिनको सफल यात्रा पार गरेका थिए । जसमध्ये, ‘छक्का पन्जा’ले एक सय दिन समेत पुरा गरेको थियो ।
दिपकराज गिरीको अभिनय तथा पटकथा रहेको चलचित्र ‘शत्रु गते’ पनि ५१ दिन मनाउन सफल भएको थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस