‘चपली हाइट ३’मा अर्पणको देखियो यस्तो लुक्स
चलचित्र ‘चपली हाइट ३’को धमाधम छायांकन चलिरहेको छ । थ्रीलर कथामा निर्माण भैरहेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।
यसैविच, यो चलचित्रमा नायक अर्पण थापाको इन्ट्री भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गरेका छन् । अर्पणको भूमिका हेर्दा उनी चलचित्रमा खलपात्रको भूमिकामा देखिन लागेको अड्कल लगाउन सकिन्छ ।
यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।
नायक अर्पण थापाको प्रवेशसँगै चलचित्रको टिम झनै बलियो बनेको छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस