‘चपली हाइट ३’मा अर्पणको देखियो यस्तो लुक्स

चलचित्र ‘चपली हाइट ३’को धमाधम छायांकन चलिरहेको छ । थ्रीलर कथामा निर्माण भैरहेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् ।
चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।
यसैविच, यो चलचित्रमा नायक अर्पण थापाको इन्ट्री भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गरेका छन् । अर्पणको भूमिका हेर्दा उनी चलचित्रमा खलपात्रको भूमिकामा देखिन लागेको अड्कल लगाउन सकिन्छ ।
यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।
नायक अर्पण थापाको प्रवेशसँगै चलचित्रको टिम झनै बलियो बनेको छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस