यौन क्रियामा कहिलेकाँही संलग्न हुनेहरुलाई हृदयघातको सम्भावना दोब्बर

यौन जीवन एक सामान्य, स्वस्थ, रमाइलो अंश हो। सेक्स गर्नुका फाइदाहरू तनाव देखि क्यान्सर र हृदयाघातको जोखिम कम गर्न सक्ने हुन्छ। वास्तवमा, यौन आकर्षण र यौन अनुकूलता धेरै सफल सम्बन्धको आधार हो। यौनले एक अर्का बिच सम्बन्ध र पार्टनर सँग आत्मीयताको भावनाहरूलाई सहज बनाउँदछ। यौन गतिविधिले एस्ट्रोजेन र टेस्टोस्टेरोन जस्ता हर्मोनको स्तरलाई सन्तुलनमा राख्न मद्दत गर्दछ। जब यी हर्मोनहरू सन्तुलन बाहिर जान्छ तब हृदय रोग र अस्टियोपोरोसिस जस्ता रोगहरूको विकास हुन्छ। तर यौन सम्पर्क नियमित हुँदा जति फाइदा गर्छ, त्यति नै आक्कल झुक्कल सहभागिताले बेफाइदा पुग्ने गरेको अनुसन्धानहरूले देखाएका छन् । नयाँ अध्ययनले दाबी गरे अनुसार यौन क्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको सम्भावना दोब्बर हुने बताइएको छ । यो निष्कर्ष पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पुराना अनुसन्धानपत्रहरु अध्ययन गरेका छन् । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरुलेहरुको हृदयबाट मृत्यु हुने जोखि अढाई गुणासम्म बढी हुने गरेको छ । यस्तै, पुरुषहरूमा गरिएको एउटा अध्ययनले देखायो कि नियमित हप्ताको २ पटक यौन सम्पर्क राख्नेहरू कम यौन सक्रिय साथीहरू भन्दा ५०% कम हृदय रोगका कारण मर्ने गर्छन्।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस