‘छ माया छपक्कै’ अब घरमै बसेर हेर्न सकिने

काठमाडौं – हलमा ५१ औँ दिन मनाउन सफल फिल्म ‘छ माया छपक्कै’अब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा मंसिर १३ देखि प्रदर्शन भएको हो ।
योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।
व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे९माग्ने बुढा०, जितु नेपाल९मुन्द्रे०, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले रुपैयाँ ४२५ तिर्नुपर्ने हुन्छ ।
डिस होमको च्यानल नम्बर १०८ मा नयाँ तथा पुराना नेपाली फिल्महरू देखाइने गरिन्छ ।
आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक २४ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । फिल्मले समीक्षकको समेत मन जितेको थियो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस