एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’- ऋतिक रोशन
बलिउडको लोकप्रिय अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । बुधवार बेलायती एक अनलाइन सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो ।
उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘वार’ र ‘सुपर ३०’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए । उनी बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि हुन् । बहुप्रतिभाशाली ऋतिक नृत्य, अभिनयमा मात्रै होइन दर्शकको सकारात्मक प्रतिक्रियामा पनि निकै अगाडि छन् ।

उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो ।
कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहान्छु । यस्ता सर्वेमा एकजनाको मात्रै निर्णय हुँदैन यसले मानिसहरुले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुन्छ ।’

उनले अगाडि भनेका छन्, ‘कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुन्छ । जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसको उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ । म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गर्छु ।’
ईस्टर्न आई इन्टरटेनमेन्टका सम्पादक असजाद नजिरले ऋतिकको सफलताको पछाडि उनको करियर भएको प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस