रौटहटमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

रौतहट – रौतहटको एक इँटाभट्टामा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका–७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको थियो । इँटाभट्टामा कार्यरत मजदुरहरुले प्लाष्टिकको झोलामा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै पुगेको प्रहरी र नेपाली सेनाको टोलीले दिउँसो १ बजेतिर उक्त बमलाई निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
सो स्थानमा भूमिगत समूह मधेसी नेशनल पार्टीको नाममा एउटा पर्चा भेटिएको छ । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस