रौटहटमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय
रौतहट – रौतहटको एक इँटाभट्टामा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका–७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको थियो । इँटाभट्टामा कार्यरत मजदुरहरुले प्लाष्टिकको झोलामा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै पुगेको प्रहरी र नेपाली सेनाको टोलीले दिउँसो १ बजेतिर उक्त बमलाई निष्क्रिय पारेको प्रहरीले जनाएको छ।
सो स्थानमा भूमिगत समूह मधेसी नेशनल पार्टीको नाममा एउटा पर्चा भेटिएको छ । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस