मिस वल्र्डमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुग्न सफल
मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन बेलायतको राजधानी लण्डन पुगेकी अनुष्का श्रेष्ठ उत्कृष्ट ४० मा पुग्न सफल भएकी छिन् ।
आउँदो शनिबार अर्थात डिसेम्बर १४ का दिन आयोजना हुन लागेको ‘मिस वल्र्ड’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का लण्डन पुगेकी हुन्। संसार भरबाट १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको बहु चर्चित विश्व सुन्दरी प्रतियोगीतमा अनुष्काले हेड टु हेड च्यालेञ्ज जितेर आफूलाई टप ४० मा सुरक्षित गरेकी छिन्।
‘हेड टू हेड’ च्यालेञ्जमा अनुष्काले पहिलो चरणमा इन्डोनेशिया र दोस्रो चरणमा मेक्सिकोकी सुन्दरीलाई पछि पारेकी हुन्।
उनी भोटिङको आधारमा हुने मल्टिमिडिया अवार्डको पनि प्रबल दाबेदार रहेकी छिन्। यो अवार्डको टप ३ मा अनुष्काले उपस्थिति जनाएकी छन्। मल्टिमिडिया अवार्डको लागि मेक्सिको र मंगोलियाकी सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छिन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस