स्वार्थले फुटेकाे कार्टुन क्रु, एक अर्काकाे भण्डाफाेर गर्दै

पछिल्लो समय कार्टुन क्रु का सदस्य हरु बीच निक्कै ठुलो विवाद देखिएको छ । समुहका चार जना सदस्यले क्रु छोडेको घोषणा गरे पछि सरोज अधिकारी समुह र बाँकी चार जना बीच आरोप प्रत्यारोप गरिरहेका छन् ।
केही वर्षअघि ७ जनाको समूहबाट ‘लिडर’ सविन कार्की निस्किए । सविनपछि विकास राईले पनि केही वर्षअघि पढाईको बहानामा क्रु छोडे । , हाल क्रुमा सरोज अधिकारी र आश्मा विश्वकर्मा मात्रै छन् । यसअघि साथ दिएका चार जना राम गुरुङ, लाक्पा लामा, सुविन चौहन र साजन चौहानले पनि क्रु छोडेको घोषणा मात्रै गरेका छैनन् उनीहरुले सरोज र आश्मालाई जवाफ दिँदै एक भिडियो समेत बनाएका छन् । उक्त भिडियोमा दोषजति सरोज र आश्मामाथि थोपरिएको छ । साथै, पूर्व सदस्यहरु सविन र विकासले क्रु छोड्नुको मुख्य कारण सरोज र आश्मा नै रहेको भान गराउन खोजिएको छ ।
पछिल्लो पटक क्रु छोड्नेहरुले आफूहरुलाई सँधै ब्याकराउड डान्सर बनाइएको र क्रु मा बसेर कुनै भविष्य नदेखेको कारणले छोडेको बताएका छन् । आफूहरु टिममा रहे पनि सँधै ‘हिरो हिरोइन’को पछाडि नाच्ने भन्ने खालको प्रतिक्रिया आउन थालेपछि आफूहरु बाध्य भएर क्रु छोड्नुपरेको रामले बताए । सरोजले आफूहरुलाई ब्याकराउडमा डान्स गरेको १०–१५ हजार दिने गरेको र अन्य त्यस्ता डान्सरहरुले २ हजार रुपैयाँ पाउने जस्तो तर्क सरोजले गर्ने गरेको बताइएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस