गजल: सरमले मरेँ म
कहाँ कहाँ पुछौँ काली, सरम ले मरेँ म
सरेछ ओठका लाली , सरमले मरेँ म
चुँडेर फूलका डाली, हरु दली दियौ कि
कता कता चुम्यौ काली, सरम ले मरेँ म
मुहार जून जस्तै ती, वदनका कुरा के
बनेँ म फूलकै माली, सरमले मरेँ म
कि बैँस प्यास मेट्दैमा,छदम पग्लिएर
रमाउँदा सर्यो लाली, सरम ले मरेँ म
ललाट ओठ आँखामा , चुम भन्यौ तिमी ले
कहाँ कहाँ चुमौँ काली, सरमले मरेँ म
रामराजा तिमिल्सिना
बेलकोट गढी ८ नुवाकोट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस