प्रकाश बस्नेत ‘गफाडी’का ४ मुक्तक

सर्वत्र समस्या भएसी कसरी देश बन्छ
अज्ञानता ज्युँका त्युँ रहेसी कसरी देश बन्छ
देश बनेन भन्दै परदेशबाट नकुर्ल युवा हो
तिमीहरु नै विदेश गएसी कसरी देश बन्छ
***
चिसोले सताएको छ कुहिरोले सताएको छ
सर्वत्र अभावको धुइरोले सताएको छ
जति सहन खोज्छु सहनै सक्दिन म
तिम्रो नजरको तिखो सुइरोले सताएको छ
***
आँधीले मुर्छा पार्यो हुरीले मुर्छा पार्यो
मुखमा राम हुनेको छुरीले मुर्छा पार्यो
के होला खै यसको औषधी र उपाय
मलाई छुनछुन बज्ने चुरीले मुर्छा पार्यो
***
मिठो मसिनो खान पल्काएर गई
सुसुप्त तलाउलाई छल्काएर गई
माया ठान्थेँ म स्वाङ रैछ उसको
मोरीले त जुम्रामात्रै सल्काएर गई
***
(कवि, मुक्तककार ‘गफाडी’को हजारको नोट शीर्षकको मुक्तक संग्रह प्रकाशित छ)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस