प्रकाश बस्नेत ‘गफाडी’का ४ मुक्तक
सर्वत्र समस्या भएसी कसरी देश बन्छ
अज्ञानता ज्युँका त्युँ रहेसी कसरी देश बन्छ
देश बनेन भन्दै परदेशबाट नकुर्ल युवा हो
तिमीहरु नै विदेश गएसी कसरी देश बन्छ
***
चिसोले सताएको छ कुहिरोले सताएको छ
सर्वत्र अभावको धुइरोले सताएको छ
जति सहन खोज्छु सहनै सक्दिन म
तिम्रो नजरको तिखो सुइरोले सताएको छ
***
आँधीले मुर्छा पार्यो हुरीले मुर्छा पार्यो
मुखमा राम हुनेको छुरीले मुर्छा पार्यो
के होला खै यसको औषधी र उपाय
मलाई छुनछुन बज्ने चुरीले मुर्छा पार्यो
***
मिठो मसिनो खान पल्काएर गई
सुसुप्त तलाउलाई छल्काएर गई
माया ठान्थेँ म स्वाङ रैछ उसको
मोरीले त जुम्रामात्रै सल्काएर गई
***
(कवि, मुक्तककार ‘गफाडी’को हजारको नोट शीर्षकको मुक्तक संग्रह प्रकाशित छ)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस