यी हुन् विश्वका सर्वाधिक महङ्गा कार
रोल्स रोयस स्वेपटेल
विश्वको सर्वाधिक महङ्गो कार रोल्स रोयस स्वेपटेल हो । यसको मूल्य १३ मिलियन डलर छ । बेलायतको रोल्स रोयस मोटर कार कम्पनीले उत्पादन गरेको यो कार सर्वाधिक विलासी कारको रुपमा रहेको छ ।
मेब्याक एक्सिलेरो
सर्वाधिक मूल्यको कारको सूचीमा दोस्रो स्थान मर्सेडिज बेन्ज मेब्याक एक्सिलेरो रहेको छ । यो ४ सिटे स्पोर्टस कारको मूल्य ८ मिलियन डलर पर्दछ । यो कारको अधिकतम स्पीड २१३ माइल प्रतिघण्टा छ ।
बुगाटी डिभो
बुगाटी डिभो स्पोर्ट्स कारको मूल्य ८ मिलियन डलर छ । बुगाटी अटोमोबाइल्सले उत्पादन गरेको यो कारको नाम फ्रेन्च रेसर अल्बर्ट डिभोको नामबाट राखिएको हो । २३६ माइल प्रतिघण्टाको गतिमा कुद्न सक्ने यो कार ४० वटा उत्पादन गरिएकोमा पहिलो दिनमै सबै बिक्री भएको थियो ।
सीसीएक्सआर ट्रेभिटा
कोनिगसेग सीसीएक्सआर ट्रेभिटा नामक कार सर्वाधिक मूल्यको चौथो स्थानमा रहेको छ । उत्पादकले यो कारको संख्या २ ओटामा सिमित गरेको छ । टायर मोनिटरिङ सिस्टम र एन्टीलक ब्रेक सिस्टम (एबीएस) सहितको यो कार २५४ माइल प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।
भेनेनो रोडस्टर
४.५ मिलियन डलर पर्ने लम्बोघिनी भेनेनो रोडस्टर मूल्यको हिसाबले पाँचौ स्थानमा पर्दछ । कम्पनीको ५० औं वार्षिकोत्सव मनाउने क्रममा यसको उत्पादन गरिएको हो । यसले ३ सेकेन्डभन्दा कम समयमा ६० माइल प्रतिघण्टाको गति लिनसक्छ ।
म्याकलरेन पीवान
म्याकलरेन पीवान एलम मोडलको कार ६ ओटामात्रै उत्पादन भएको थियो । २१४ माइल प्रतिघण्टाको गतिमा गुड्न सक्ने यो कार मूल्यको हिसाबले छैंटो स्थानमा छ ।
लाइकान हाइपरस्पोर्टस
लाइकान हाइपरस्पोर्टस ३.४ मिलियन डलर पर्ने कार हो । डब्ल्यु मोटर्सले उत्पादन गरेको यो कारमा ७८० हर्सपावरको शक्तिशाली इन्जिन जडित छ । जसको अधिकतम गति २४० माइल प्रतिघन्टा छ ।
बुगाटी भेरन
बुगाटी भेरनको मूल्य ३.३ मिलियन डलर पर्दछ । १२०० हर्सपावरको इन्जिन भएको यो कार निकै आकर्षक छ । भेरनको अधिकतम गति २५३ माइल प्रतिघण्टा मापन गरिएको छ । मस्ट एक्सपेन्सिभ कारको सूचीमा यो आठौं स्थानमा पर्दछ ।
भाल्किरी
अस्टन मार्टिन भाल्किरी ३.२ मिलियन डलर मूल्यको कार हो । धेरैवटा कार उत्पादकहरुको सहकार्यमा यसको उत्पादन भएको हो । यो मोडलको कार १५० वटाको संख्यामा उत्पादन भएको थियो । यसमा ११३० हर्सपावरको इन्जिन जोडिएको छ ।
पिनिनफरिना
फरारी पिनिनफरिना सेर्गियो ३ मिलियन डलर मूल्य पर्ने कार हो । कम्पनीका पूर्वअध्यक्षको सम्झनामा यो मोडल सार्वजनिक गरिएको हो । यो कार ६ ओटामात्रै उत्पादन गरिएको थियो ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस