कविता :माटोमा सपना
माटोमा सपना छ जीवन यहाँ ,माटै त हो जिन्दगी ।
माटो साधन हो पुरा जगत हो, हामी यसैमा अडी ।।
खाने गाँस उमार गर्छ यसले, फुल्ने छ या फल्दछ।
बस्ने बास बनाउने छ त यही , माटै भए चल्दछ ।।
माटो जीवन हो बुझौं फसल को, त्यो सिर्जना विन्दु हो ।
पाटो उद्गगम उर्वरा असल त्यो , खोला नदी सिन्धु हो ।।
माटैमा बिज छर्नु हुनेछ बिरुवा, बढ्ने छ त्यो झाँगिदै ।
जाडो घाम तुषार शीतसित लडी, हुर्कन्छ सम्हालिदै ।।
माटै हो तन यो मरे पछि उहीँ, मिल्ने छ माटै महाँ ।
माटो मात्र रहेछ सार्थक कुरा , जे हुन्छ माटै महाँ ।।
माटैमा छ फलाम सून अथवा , सौन्दर्य छन् झल्किने ।
हीरा मोति जुहार पूर्ण मणिका, माधुर्य छन् टल्किने ।।
माटै माथि हिमाल हाँस्छ मधुरो , पोखेर मुस्कानले ।
माटै बाट पलाउने छ जल त्यो , निस्कन्छ जो शानले ।।
झर्ना बन्छ नदी र ताल सरिता , माटो सिचाई हुने ।
आँखा खुल्छ विकास दिन्छ यसले, बाटो मलाई हुने ।।
पानी दिन्छ शरीर तागत सुधा, उमार्छ खाँचो हुने ।
धान्ने सास र प्राण कै महल यो ,आनन्द साँचो हुने ।।
खानी दिन्छ जुहार रत्न हरुको, खाद्यान्न भन्दा अरु ।
जे चाहिन्छ त्यही मिलाउँछ यही , छोपी निरासा हरु ।।
रामराजा तिमिल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस