१९७३ यता ६ यात्रुवाहक विमानमा मिसाइल आक्रमण, आक्रमण गर्ने अमेरिका देखि रूससम्म

इरानले शनिबार स्वीकार गर्यो, तेहरान नजिकै दुर्घटना भएको भनिएको युक्रेनको यात्रुवाहक विमान उसले हानेको मिसाइल लागेर ध्वस्त भएको थियो । अमेरिकी हमलाको कारण भएको तनावका कारण झुक्किएर विमानमाथि आक्रमण भएको स्वीकार गर्यो । तनावका कारण विमान आक्रमणकालागि आएको हुनसक्ने आशंकामा आफ्ना रिभोलुस्नरी गार्डले उक्त विमानमाथि आक्रमण गरेको भन्दै इरानले माफि समेत मागेको छ ।
बुधवार तेहरान नजिकै क्र्यास भएको उक्त दुर्घटनामा विमानमा सवार सबै १ सय ७६ यात्रु मारिएका थिए । बगदादमा अमेरिकी ड्रोन आक्रमणमा इरानका शीर्ष सैन्य कमाण्डर कसीम सुलेमानीको हत्याको जवाफ इरानले इराक स्थित अमेरिकी वायुसेनाको अखाडामा बिहिबार आक्रमण गरेको थियो । त्यसै क्रममा युक्रेनको यात्रुवाहक विमानमा झुक्किएर मिसाइल आक्रमण भएको इरानको भनाइ छ ।
इरानमा भएको यो दुर्घटना विश्वको पहिलो यस्तो प्रकारको दुर्घटना होइन । युद्धको नाममा यस्ता जघन्य अपराध विगतमा पनि भएका छन् । यहाँ प्रस्तुत छ सन् १९७३ यता विश्वमा विभिन्न देशका सेनाले मिसाइल आक्रमण गरेर खसालेका विमानहरुको विवरण ।

युक्रेन–२८० को मृत्यू
जुलाई १७, २०१४– मलेशिया एयरलाइन्सको उडान एमएच १७ नेदरल्याण्डको एम्स्टर्डमबाट क्वालालंपुर जाँदै थियो । क्वाललम्पुर जाँदै गरेको त्यो बोइंग ७७७ विमान युक्रेनको आकासमा मिसाइल आक्रमणमा पर्यो । विमानमा सवार सबै २ सय ८० जना मारिए । विमानमा रहेको यात्रुहरु मध्ये १ सय ९३ जना त डच नारिक मात्र थिए ।

पूर्वी युक्रेनको नियन्त्रणको लागि संघर्ष गरिरहेका युक्रेननी सेना र रुस समर्थक प्रिथकतावादी विद्रोही समुहले विमानमाथि आक्रणको दोष एक अर्कालाई लगाएर पन्छन खोजे ।
सोमालिया–११ जना मारिए
मार्च २३, २००७ – बेल्जियमको एयरलाइन्सको इल्युशिन टु–७६ कार्गो विमानलाई सोमालियाको राजधानी मोगादिसुबाट उडेको केहि समयमानै रकेट आक्रमणमा पर्यो । कार्गो विमानमा रहेका ११ जना मारिए । उक्त विमानमा बेलारूसका ईन्जिनियरहरू र टेक्निशियनहरू थिए जो दुई हप्ता अघि एक मिसाइलले आक्रमणमा परी क्षतिग्रस्त भएको अर्को विमान मर्मत गरी फर्कँदै थिए ।

ब्ल्याक सी– ७८ जना मारिए
अक्टुबर ४, २००१ – इजराजलको तेल अवीवबाट नोवोसिबिर्स्क जाँदै गरेको साइबेरिया एयरलाइन्स टुपोलेभ तु १५४ ब्ल्याक सी उडानका अचानक विष्फोट भयो । विमानमा रहेका सबै ७८ व्यक्ति मारिए । जसमा अधिकांस यात्रु इजरायली थिए । क्रिमियन तटबाट ३०० किलोमिटर टाढा भएको उक्त दुर्घटनाको कारण तत्काल थाहा हुन सकेन । घटनाको एक हाप्ता पछि युक्रेनले आफुले छोडेको सिसाइल दुर्घटनावस उक्त विमानमा लागेर विमान दुर्घटना भएको स्वीकार गर्यो ।
खाडी– २९० मारिए
जुलाई ३, १९८८–इरान एयरको एयरबस ए–३०० इरानको बन्दर अब्बासबाट संयुक्त अरब इमिरेट्सको दुबई उडान गर्दै थियो। उडान हुने बित्तिकै हवाइजहाजलाई इरानको खाडी मिसाइल आक्रमणमा पर्यो । अमेरिकी सेनाले होरमुजको सामुद्रिक गस्तीका क्रममा आफ्ना सैनिकहरुले
प्रहार गरेको दुई मिसाइल लागेर विमान विष्फोट भएको स्वीकार गर्यो । उक्त विमान लडाकु विमान ठानेर आफ्ना सैनिकहरु झुक्किएको अमेरिकी सेनाको भनाई थियो ।
जहाजमा रहेका २९० यात्रु मारिए । संयुक्त राज्य अमेरिकाले क्षतिपूर्ति स्वरुप इरानलाई १०१ दशमलब ८ मिलियन डलर भुक्तान गर्यो ।
साखलिन– २६९ जना मारिए,
सेप्टेम्बर १, १९८३– कोरियाली एयरको बोइंग ७४७ लाई सोभियत लडाकु विमाहरुले आक्रमण गरी साखालीन टापुमा खसाले । सुरुमा विमान खसालिनुमा आफ्नाे कुनै हात नभएको दावी गरिरहेको सोभियत सेनाले घटनाको ५ दिन पछि आफ्नाे आक्रमणमा विमान खसालिएको स्वीकार गर्यो ।
विमानमा सवार सबै २ सय ६९ यात्रु मारिए ।

सिनाइ मरुभूमि– १०८ जनाको मृत्यू
२१ फेब्रुअरी, १९७३ लिवियाको ट्रिपोलीबाट काइरो उडान गर्दै गरेको लिवियाली अरब एयरलाइन बोइंग ७२७ लाई इजरायली लड़ाकू विमानले सिनाइ मरुभूमिमाथि आक्रमण गगरी खसाले । विमानमा सवार १ सय १२ मध्ये १ सय ८ जना मारिए । ४ जना भने बाँच्न सफल भए । इजरायले आफ्नाे सैनिक इलाका माथि विमान उडेका कारण आक्रमण गरेको दावी गर्यो । विमानलाई अवतरण गर्न चेतावनी दिएको तर नमानेपछि आफुहरुले वाध्यतावस आक्रमण गरेको इजरायलको दावी थियो ।
सन् १०७३ यता यस्ता सैन्य आक्रमणहरुमा परेका विमानमा सवार ११०८ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस