फरहान अख्तरले शिबानी दांडेकरसँग याे वर्ष विवाह गर्ने
फरहान अख्तर र शिबानी दांडेकरको सम्बन्ध सार्वजनिक गरेको झन्डै एक बर्ष पछि, २०२० मा विवाह बन्धनमा बाँधिने योजना बनाउँदैछन् । उनीहरूको रोमान्सले शहर रंगाइरहेका छ । यी दुई स्टार लगभग दुई बर्ष देखि सम्बन्धमा छन्।
एक अर्कालाई प्राेत्साहित गर्नेदेखि एक अर्काबीच समय खर्चने र छुट्टीमा सँगै घुम्न जाने र त्यस क्रममा उनीहरूले लिने गरेका तस्वीरहरूले उनीहरूबीचकाे सम्बन्ध कति मधुर छ स्पस्ट गर्छ । तस्वीरहरूमा जाेडी एक अर्कामा समाहित भएकाे देखिन्छ ।
संबन्धलाई नयाँ उचाईमा पुर्याएर वैवाहिक गठबन्धनमा बाँधिन याे जाेडी तम्तयार छ ।
उनीहरूको विवाह २०१९ मा नै हुन सक्ने अनुमान पहिले नै गरिएको थियो, जुन सत्य हुन सकेन। अब भने तयारी सुरु भएको यी जोडीको नजिकका स्रोत जनाउँछन् ।
मुम्बई मिररका अनुसार दम्पतीको नजिकका एक स्रोतले भन्छ, “फरहानको आउँदाे सिनेमा तुफानको रिलीज पछि, याे वर्षकाे अन्त्यतिर विवाह गर्ने उनीहरूकाे योजना छ। तर उनीहरू त्यस भन्दा पहिले नै शुभकार्य गरेर आश्चर्यचकित पनि पार्न सक्छन्। अन्तिम मिति तय हुन बाँकी छ । तर फरहान र शिबानीले त्यस ठूलो दिनको लागि तयारी भने सुरु गरिसकेका छन्। ”
फरहान र शिबानीले भने अहिलेसम्म केहि भनेका छैनन् । यो खबर छिटै बाहिरिनेछ आशा छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस