मुटु हराएको मान्छे

- भद्रगोल शर्मा
केही दिन अघिसम्म मृगौलाको विषय चरम चर्चामा थियो । गाउँबेसी, चोक, चौतारी, चियापसलदेखि महल र झुपडीसम्म सबैतिर मृगौलाकै बारेमा गर्मागर्मी बहस हुन्थ्यो । हरेकले आफुलाई मृगौला विशेषज्ञ ठानेर अरुलाई यसो र उसो सिकाउँथे । यसैबीच एकाएक बहस मुटुतिर सरेको छ । मुटुको बहस मुटुको घाउ बन्ने पो होकि भन्ने पिरलो परपरसम्म फैलिन थालेको छ । यही उपक्रममा भद्रगोल शर्माको ध्यान भने मुलुकमा मुटु हराएको जनसंख्या कति छ ? र त्यसको असली नायक कोहो? भन्नेमा केन्द्रित छ ।
सरसर्ती हेर्दा मुटु हराएको जनसंख्या यति नै छ भन्ने थाहा पाउन मुस्किल छ । तथापि यसको लागि केही ठोस आधारहरु छन् । मुटुको प्रसंग आउनेबित्तिकै केही सम्पादकले आफ्नो मुटु छाम्न थालेका छन् । कतिपय आआफ्ना मिडियाको बलमा दोहोरी खेल्न हौसिएका छन् । मानौं, उनीहरु र केवल उनीहरुमात्रै मुटु नभएका मान्छे हुन् । मुटुको चर्चा सुरु भएसँगै प्राप्त तथ्याङ्कको निचोड अनुसार सम्पादकहरुमात्रै मुटु नहुनेहरुको प्रतिनिधि होइनन् । दृश्यमा प्रकट भएका र जुहारी खेल्न खोजेजस्ता देखिने सम्पादकले सबै मुटु नहुनेको प्रतिनिधित्व गर्ने कुरा सही होइन । आउनुहोस्, हिसाब किताब हेरौं ।
सरसर्ती हेर्दा मुटु हराएको जनसंख्या यति नै छ भन्ने थाहा पाउन मुस्किल छ । तथापि यसको लागि केही ठोस आधारहरु छन् । मुटुको प्रसंग आउनेबित्तिकै केही सम्पादकले आफ्नो मुटु छाम्न थालेका छन् । कतिपय आआफ्ना मिडियाको बलमा दोहोरी खेल्न हौसिएका छन् ।
देशभर प्रिन्ट मिडियाको सम्पादकको हैसियतमा रहेर सूचना, समाचारको सम्पादन गर्ने अधिकार प्राप्त व्यक्तिको संख्या हजारौं छ । यो संख्यामा बकाइदा दर्तावाला अनलाईनका सम्पादकको टाउको जोड्दा करिब दुई हजार थपिन्छ । त्यसबाहेक अनेक फण्डा, काण्ड र खुलासाको सम्पादन गर्ने युट्युबरको आँकडा पनि चार अंकवाला नै छ । योभन्दा पर पुगेर ‘सम्पादन’को अख्तियारी पाएका अनि सूचना, तथ्य र समाचारमा आफ्नो बोलवाला कायम गर्नसक्ने अथवा बाह्रलाई एक्काइस र सत्ताइसलाई बहत्तरसम्म बनाउन सक्नेको संख्या जोड्दा अर्को पाँच दश हजार थपिन्छ ।
सम्पादन गर्ने, सम्पादक बन्ने अझै अर्को शब्दमा भन्दा राम्रा कुरालाई ‘म्यानिपुलेसन’ गर्नसक्नेहरु नै प्रमको शब्दमा मुटु नभएकाहरु हुन् । त्यसैले यी मनुष्यहरुलाई मुटु नभएको वर्गमा राख्न संकोच मान्नु पर्दैन ।
यतिमै लाखको वरिपरि पुग्ने यो तथ्याङ्कमा मनाकामना माताको सन्देश यतिजनालाई पठाउ भनेर सामाजिक सञ्जालबाट फर्मान जारी गर्नसक्ने र अनेक ढङ्गका ‘पेज र ग्रुप’का सम्पादकको संख्या जोडी हेरौं । सम्पादन गर्ने, सम्पादक बन्ने अझै अर्को शब्दमा भन्दा राम्रा कुरालाई ‘म्यानिपुलेसन’ गर्नसक्नेहरु नै प्रमको शब्दमा मुटु नभएकाहरु हुन् । त्यसैले यी मनुष्यहरुलाई मुटु नभएको वर्गमा राख्न संकोच मान्नु पर्दैन ।
कम्युनिष्ट, मार्क्सवादीहरुको भनाईलाई सोलोडोलो एकै अर्थमा बुझ्न मिल्दैन । हरेक कुराको रुप र सार हुन्छ । प्रमको उद्गार सम्पादक लक्षित भए तापनि त्यसको सार व्यापक छ । यसरी हेर्दा उक्त भनाइको सार हो – मुटु नहुनेहरुले आफ्नो उदेश्य त हासिल गर्छन् तर ऐनमौकामा देश र जनताको हितका लागि लेख्दैनन् । लेख्ने आँट गर्दैनन् । बोल्दैनन् । बोल्ने आँट गर्दैनन् ।
कम्युनिष्ट, मार्क्सवादीहरुको भनाईलाई सोलोडोलो एकै अर्थमा बुझ्न मिल्दैन । हरेक कुराको रुप र सार हुन्छ । प्रमको उद्गार सम्पादक लक्षित भए तापनि त्यसको सार व्यापक छ ।
भद्रगोल शर्मालाई भने मुटुको विषयमा रोइलो गर्नेहरुले बुझ्नैपर्ने यौटा विषय ओझेलमा पर्ला कि भन्ने पिरलोले सताएको छ । प्रमले नत आफ्नो मुटु भएको दाबी गरेका छन् न मुटु नहुनेहरु सम्पादक मात्रै हुन् भन्ने जिरह छ । बुझ्नैपर्ने कुरो यो हो । अस्तु!
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस