कविता :शिर सगरमाथा
अमर बनुँ उषा झैँ , ब्योममा प्रेम राखुँ ।
गिरिश गिरिश साक्षी , लोकमा चम्कि राखुँ ।।
अतिशय तम नास्ने , दीप जस्तै बलेर।
नव तट सपनाको , जिन्दगी सँग बाँचु ।।
शिर सगरमाथा , शैल नेपाल मेरो ।
फगत मुटु हियाले, प्यार उस्तै म गाँसु ।।
जगत शुभ भरूँ आकाश जस्तै म फैलुँ।
नव तट सपनाको , जिन्दगी सँग बाँचु।।
अधर भर सुधा आमा उनी लाइ पोख्न ।
नजर हरु सँधै लाएर मात्रै जुधारु ।।
मुलुक चुक धुँदै ती वेदना अन्त्य पारुँ।
नव तट सपनाको , जिन्दगी सँग बाँचु ।।
कुकृत अतिवादी , ती रुढी वादमा म ।
पित दुर दशामा , शब्द वारी म हानुँ ।।
अटल वचन गोली बन्छ ढाल्दै म दुष्ट ।
नव तट सपनाको , जिन्दगी सँग बाँचु
लुट तसकर आमा , लाइ बेच्ने सबै को।
प्रतिपक्ष बनुँ आगो, पोल्नलाई म आँटु ।।
बगर तट नदी या, साँध हाम्रो सिमाना ।
गरुँ म प्रति रक्षा , देशको भक्ति राखुँ
महल हरु त जोड्ने , राष्ट्र को भार छोड्ने ।
दिल जहर बनेका , घातकी सँग बाझुँ ।।
कि त शिर म उसैको , रेट्न जन्ता उकास्दै ।
नव तट सपनाको , जिन्दगी सँग बाँचुन ।।
रामराजा तिमल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस