• जीवनशैली | Jiwanshaili
  • रणवीरको फेशन सेन्समा फ्यानको प्रश्न, दीपिका–भाउजुको कपडा हो ?


    एजेन्सी । रणवीर सिंहको फेशन सेन्सले हामीलाई सँधै चकित बनाउँछ। उनी आफ्नो अलग ड्रेसिंग को लागि परिचित छन् । उनी आफूले लगाएको पहिरनलाई प्रेम गर्दछन् । त्यसैले पनि अभिनेता आफ्नो अनौठो स्टाइलले सँधै चर्चामा आउने गर्दछन् । रणवीरले कुनै प्रवाह नगरी आफूलाई मनपर्ने फेशन गर्छन् ।

    उनको पहिरनलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भएको कुनै नौलो घटना होइन । हालसालै उनको पहिरनलाई लिएर यस्तै घटना फेरि बाहिर आएको छ । आइतबार बिहान उनी एयरपोर्टमा अतरंगी स्टाइलमा भेटिए ।

    उनको लुक महिला जस्तो रहेको थियो । सामाजिक सञ्जालमा उनको यो लुक भाइरल भएको छ । भने उनलाई ट्रोल गरिएको छ । युजर्सले रणवीरलाई ट्रोल गर्दै भनेका छन्, ‘भाउजुको (दीपिका) कपडा लगाएर फोटोशुट गरेको हा ?’ थुप्रैले भनेका छन् ‘भाउजु दीपिकाको कपडा’ अन्य बताउँछन् ‘भाई दीपिकाको सबै कपडाहरु पहिला तिमीले लगाएर ट्राई गर ।’


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस