• जीवनशैली | Jiwanshaili
  • युवतीहरू खाेज्ने ७ गुण, जुन पुरूषमा देख्न चाहान्छन्


    हरेक युवतीहरू आफ्नो हुनेवाला पतिमा केही गुण भएको हेर्न चाहन्छन् । चाहे उसको क्षमता होस वा व्यक्तित्व होस् केही विशेष गुण होस भन्ने चाहाना राख्दछन् । जिन्दगी भर सँगै बिताउनु पर्ने व्यक्तिको बारेमा सजग हुनु पनि राम्रै हुन्छ । यस्तो मामलामा युवतीहरू विशेष चासो दिने गर्दछन् । यस कारण विशेष गरी आफ्नो पार्टनर हरुमा युवतीहरूले यी गुणहरूको बारेमा सचेत हुन्छ जुन हरेक पुरुषले थाहा पाउनु आवश्यक हुन्छ ।

    युवतीहरू आफ्नो पार्टनरमा निम्न ७ गुण खोज्ने गर्दछन् ।

    १ -भावना बुझ्ने
    हरेक युवती आफ्नो पार्टनरमा समझदारीको गुण होस् भन्ने चाहन्छन् । पार्टनर समझदार भएमा मात्र आफ्नो भावना बुझ्ने उनीहरूको तर्क रहने गरेको छ । साधारण विषयमा पनि शङ्का गर्ने वा किचकिच गर्ने पुरुष युवतीको रोजाइमा पर्दैनन् ।

    २-आकर्षक र स्मार्ट
    झट्ट हेर्दा जो कोहीलाई गुड लुकिङ र स्मार्ट मानिस नै मन पर्छ । तसर्थ हरेक युवती आफ्नो हुनेवाला पार्टनर आकर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् ।

    ३- केयर गर्ने
    कुनै पनि युवतीले आफ्नो पार्टनरमा आफ्नो पिताको छवि होस् भन्ने चाहन्छन् । पिताको छवि यस कारण कि उनीहरू आफ्नो सन्तानको निकै धेरै केयर गर्दछन् ।उनले खाए नखाएको वा बिरामी भएको सबैमा पिताको चासो रहन्छ। तसर्थ युवतीले आफ्नो पार्टनरमा केयरिङ गर्ने स्वभाव भए नभएको हेर्ने गर्दछन् ।

    ४- आर्थिक रूपमा सक्षम
    धनी केटा युवतीको रोजाइमा पर्छ भन्ने आरोप छ । तर अधिकांश अवस्थामा यो सत्य नै हो । किनकि अभावमा भएकासँग जीवन बिताउनु भन्दा सुरुवातमा आर्थिक सबल भएको पार्टनरलाई युवतीले महत्त्व दिन्छन् ।जसका कारण विवाह पश्चात् आर्थिक रूपले कुनै असुरक्षा झेल्न नपरोस् भन्ने उनीहरूको चाहना हुन्छ ।

    ५-राम्रो जागिर
    हरेक मानिसको चाहना हुन्छ, कुनै राम्रो जागिर खाने । अझ यस्तोमा कोही आफन्तले राम्रो जागिर खाएको छ भने हामी त्यसलाई उदाहरणीय बनाउँछौ ।यस्तोमा युवतीहरू आफ्नो पार्टनरले राम्रो जागिर खाएको होस् भन्ने चाहना राख्दछन्।राम्रो जागिर भएमा कमाई, तथा लाइफस्टाइल राम्रो हुने उनीहरूको बुझाइ रहने गरेको छ ।

    ६ -रोमान्टिक पुरुष
    अक्सर महिलालाई आफ्नो पार्टनर रोमान्टिक होस् भन्ने चाहाना हुन्छ। गम्भीर, चिन्तित वा भावुक पार्टनर युवतीले रुचाउँदैनन् । उनीहरू पार्टनरले घरी घरी ख्यालठट्टा गरोस्, रमाइलो माहौल बनाओस्, सर्प्राइज दिओस् भन्ने चाहना हुन्छ ।

    ७- समय दिने
    प्राय युवतीहरू आफ्नो पार्टनरले आफूलाई प्रशस्त समय दिउन् भन्ने चाहना राख्दछन् । कामकाजी पुरुषहरू कार्यालयको काम वा करियर बनाउने नाममा घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । तर यस्ता पुरुषलाई युवतीले खासै मन पराउँदैनन् ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार