• जीवनशैली | Jiwanshaili
  • भुलेर पनि नगर्नुस् यी प्रश्नहरू जसले तपाइकाे प्रेम सम्बन्धमा दरार ल्याउँछ


    प्रेमि प्रेमिका बिचको सम्बन्ध मजबुत बनाई राख्ने चाहाना सबैको हुन्छ । तर यसको निमित्त एक अर्का प्रतिको बुझाई अत्यन्तै महत्त्वपूर्ण रहन्छ ।सुरु सुरुमा एक अर्काको चाहना रुचिका बारेमा मनमा खुलदुली भई रहन्छ । विशेष गरी पुरुषहरू आफ्नो प्रेमिकाको बारेमा धरै जान्न चाहन्छन् तर केटी हरू भने आफ्नो प्रेमीले केही प्रश्न हरूको बारेमा जिज्ञासा कहिल्यै नराखुन् भन्ने आशय राख्दछन् । त्यसैले त भेट भएको बेलामा केटीहरूलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरू नै नगरुन् भन्ने सोचाई उनीहरूमा आइरहेको हुन्छ । उनीहरू भेटको क्रममा प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने सोचाई राख्छन् ।

    म तिम्राे पहिलो प्रेमी हो या होइन ?

    हरेक केटाले आफ्नी प्रेमिकालाई आफू पहिलो प्रेमी हो या होइन रु भनेर सोध्न चाहन्छन् । केटीहरूलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरू नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरूले पनि आफू पहिलो प्रेमी हो कि होइन रु भनेर सोध्ने गर्छन् । तर, केटीहरू आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

    मेराे आमासँग किनमेल जाउँ है ?

    घरपरिवारहरूसँग नजिक गराउनको लागि केटाहरूले केटी साथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकुन् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्तावमा अधिकांश प्रेमिकाले नकार्ने गर्छन् ।

    आमा बुबासँग भेटाउन है ?

    केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरू परिवारसँग भेट्न लैजानको लागि सधैँ आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैँमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

    बहिनी वा साथीकोबारेमा भनन् ?

    हरेक केटाले प्रेमिकालाई उनी आफ्नो बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मन पराउँछन् । उनीहरूलाई अरूको सुन्दरताको तारिफले आफूलाई कमजोर सम्झिएको अनुभूति हुन्छ । त्यसैले त्यस्ता प्रश्नहरूको केटीहरू खासै उत्तर दिँदैनन् ।

    अरू कसैसँग प्रेम त गर्दैनौँ नि ?

    केटाहरूको दिमागमा सधैँ एउटै डर हुन्छ कि आफ्नी प्रेमिका अरूसँग नै प्रेम गर्छिन् कि रु आफ्नी प्रेमिका कुनै पनि हालतमा आक्रोशित नबनुन् । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असंवेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरू कसैसँग प्रेम त गर्दैनौँ नि रु भन्ने प्रश्न गर्न सक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस विषयमा संवेदनशील हुनुपर्छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार