निफको तेस्रो संस्करण सम्पन्न ‘बुलबुल’ र ‘गोपी’ हाबी

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तेस्रो संस्करण निफ-२०२० सोमबार सम्पन्न भएको छ । विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारलाई अवार्ड प्रदान गर्दै सम्पन्न भएको निफमा विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले ६ वटा अवार्ड प्राप्त गरेको छ । दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’ ३ वटा विधामा अवार्ड जित्न सफल भएको छ ।

नेपाल पानोरमा अन्तर्गत फिचर फिल्मतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री तथा जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड चलचित्र ‘बुलबुल’ले पाएको छ । ‘गोपी’का लागि उत्कृष्ट राष्ट्रिय फिचर फिल्म, विपिन कार्कीले उत्कृष्ट अभिनेता र शेलेन्द्र डि कार्कीले उत्कृष्ट छायाँकार अवार्ड हात पारेका छन् ।

नेपाली फिचर फिल्ममा उत्कृष्ट अभिनेत्रीको तथा जुरी अवार्ड क्रमशः स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले प्राप्त गरेका छन् ।
महोत्सवमा १५ सय अमेरिकी डलर नगदसहित गौतम बुद्ध अवार्ड सेइद कोलाक निर्देशित टर्किस फिल्म ‘ट्रयाप’लाई प्रदान गरिएको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रका लागि जुरी अवार्ड ललिथ रथनायके निर्देशित श्रीलंकन चलचित्र ‘दि अदर हाफ’ले प्राप्त गरेको छ ।

सर्ट फिल्मतर्फको जुरी अवार्ड नेपालीतर्फ नेपाली केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ र अन्तर्राष्ट्रियतर्फ युक्रेनी चलचित्र ‘अन्ना’लाई प्रदान गरियो । सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड नेपालीमा प्रबिनकुमार राउत निर्देशित ‘कलम’ले प्राप्त गर्यो ।

डकुमेन्ट्री विधातर्फ उत्कृष्ट गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ १ हजार अमेरिकी डलर नगदसहित माउन्ट एभरेस्ट अवार्ड जित्न सफल भयो ।

७ सय ५० अमेरिकी डलर नगदसहित एनिमेटेड चलचित्र विधातर्फको मञ्जुश्री अवार्ड चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले जितेको छ । भारतीय फिल्म ‘नुरी’ लाई ५ सय अमेरिकी डलर नगदसहित अन्तर्राष्ट्रिय सर्ट फिल्म विधामा उत्कृष्ट अवार्ड प्रदान गरियो ।
महोत्सवको निर्णायकमा प्रख्यात भारतीय निर्देशक प्रकाश झाको नेतृत्वमा युनी हादी (सिङ्गापुर), गौरी मल्ल (नेपाल), जोआओ पाउलो माकेदो (पोर्चुगल) र मञ्जुकुमार श्रेष्ठ (नेपाल) रहेका थिए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस