गजलः आफैलाई बजारमा बेचेर आएँ

-अदीप्त प्रकाश
आफैलाई बजारमा बेचेर आएँ
मात्रै केही हजारमा बेचेर आएँ
आज आफ्नै अस्तित्व लिलामीमा पर्यो
खबर अखबारमा बेचेर आएँ
अस्मिताको मोलाई चल्छ रातदिन
त्यही पापी संसारमा बेचेर आएँ
भोको पेटले धड्कन निचोरेपछि
मुटु झिकी हतारमा बेचेर आएँ
पाईला सार्न खोज्दा रेटिन्छ धरधरी
धारिलो तरबारमा बेचेर आएँ
***
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस