गजलः आफैलाई बजारमा बेचेर आएँ
-अदीप्त प्रकाश
आफैलाई बजारमा बेचेर आएँ
मात्रै केही हजारमा बेचेर आएँ
आज आफ्नै अस्तित्व लिलामीमा पर्यो
खबर अखबारमा बेचेर आएँ
अस्मिताको मोलाई चल्छ रातदिन
त्यही पापी संसारमा बेचेर आएँ
भोको पेटले धड्कन निचोरेपछि
मुटु झिकी हतारमा बेचेर आएँ
पाईला सार्न खोज्दा रेटिन्छ धरधरी
धारिलो तरबारमा बेचेर आएँ
***
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस