कियाराको यस्तो तस्बिर, जुन देखेर फ्यान भए हैरान
बलिउड अभिनत्री कियारा आडवाणी अहिले ट्रोल र मिमिमा छाई रहेकी छिन् । उनको क्रेज एक्कासी बढेको छ । चलचित्र ‘कविर सिंह’ र ‘गुड न्यूज’ को सफलतापछि कियराको बलिउड डिमाण्ड बढ्दै गएको हो।
सुरुका दिनहरुमा बलिउडमा साधारण शैलीमा देखिने कियारा अहिले बोल्ड र हट अवतारमा प्रस्तुत हुन थालेकी छिन् ।
भर्खरै मात्र, उनले फोटोग्राफर डब्बु रतनानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी छिन् । कियाराले गराएको टपलेस फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आफ्नो गोप्य अङगलाई पातले छोपेर उनले फोटोसुट गराएकी छिन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट देख्न सकिन्छ । तर, कियाराको फोटोले भने चर्चासँगै ट्रोलको पनि सामना गर्नु परिरहेको छ ।
चलचित्र ‘कविर सिंह’ र ‘गुड न्यूज’मा साधारण यूवतीको भूमिकामा देखिएकी कियारा एक्कासी बोल्ड बनेपछि उनका फ्यानहरु अचम्ममा परेका छन् ।
यो क्यालेन्डरमा सनी लियोनी, विद्या बालन, भूमि पेडणेकर, सैफ अली खान, जोन अब्राहम, विकी कौशल, वरुण धवन, अनन्या पांडे, कार्तिक आर्यन, अनुष्का शर्मा, कियारा आडवाणी, कृति सेनन, परिणीति चोपड़ा र टाइगर श्रॉफले पनि फोटोसुट गराएका छन् । एजेन्सी
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस