१० वर्ष जेठी श्रीमती प्रियंकाको उमेरबारे बोले निक
प्रियंका चोपडा जोनास र श्रीमान निक जोनासको जोडीको केमिस्ट्रीे चर्चा रहँदै आएको छ । यी दुवै आफ्नो वैवाहिक जीवन सुखमय बनाउन लागिपरेका छन् । तर पनि कहिलेकाहीं यी दुईबीचको उमेर अन्तरको चर्चा भइनै रहन्छ ।
एउटा सिङगिंग रियालिटी शो मा जजको जिम्मेवारी सम्हालि रहेका निकले हालै आफ्नो र श्रीमती प्रियंकाबीच उमेर अंतरको बारेमा आफ्नो विचार राखेका छन् ।
निकसँगै शोलाई जज गर्दै आएकी केली क्लार्कसनले भनिन्, ‘म ३७ वर्षकी हुँ, निक तपाई २७ को हुनुहुन्छ ।’ यसको जवाबमा निकले भने, ‘मेरी श्रीमती पनि ३७ की वर्षकी हुन्, बल्ल राम्रोसँग मिल्यो ।’ निकले प्रियंकाको उमेर अन्तरमा खुलेर कुरा गरेको यो पहिलो पटक हो । तर उनले आफ्नो प्रतिक्रियाले यो विवादको अन्त्य पनि गरिसकेका छन् । एजेन्सी
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस