हाम्रो जीवनलाई सफल बनाउने उपाय
एजेन्सी- केही प्रेरणादायक शब्द वा वाक्यले मानिसको सोचमा परिवर्तन ल्याई जिन्दगीको मार्ग नै परिवर्तन गरिदिन्छ । जसबाट जीवन जीउँन सहज हुन्छ । ती प्रेरक शब्दहरुलाई आफ्नो जीवनमा लागू गर्न सके सफलताको उचाईमा पुग्न सकिन्छ ।
सफलतका सुत्रहरु :
जीवनमा भएका गल्तीलाई आत्मसात गरि त्यसको सुधार तर्फ अगाडि बढ्दै जान सकिन्छ ।
सर्वप्रथम आफूलाई सम्मान गर्ने बानीको विकास गरौं । आफूलाई सम्मान गरेपछि मात्र अरुलाई सम्मान गर्न सकिन्छ ।
आफूले तय गरेको प्रमुख लक्ष्य तर्फ केन्द्रित भई पूरा नहुन्जेलसम्म डटेर लाग्नुहोस् र एउटा लक्ष्य पूरा भएपछि मात्र अर्को तर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।
आफूले जीवनमा जे गर्ने लक्ष्य छ त्यसलाई योजनाबद्ध ढंगले पूरा गर्न तर्फ लाग्नुपर्छ ।
सफल हुनको लागि सदैव मन र मष्तिस्कमा सकारात्मक कुरालाई मात्र स्थान दिनुपर्छ । नकारात्मक कुरा सफलताको प्रमुख बाधक हुन् ।
जीवनमा आएका हरेक अवसरलाई पहिचान गर्न सक्नुपर्छ । लक्ष्य पूरा गर्न शर्टकर्ट बाटो रोज्नु हुँदैन । परिश्रमबाट मात्र सफलता प्राप्त हुन्छ ।
आफ्नो जीवनमा बहानालाई कुनै पनि स्थान दिनु हुँदैन । किनभने हार्ने तथा असफल व्यक्तिसँग सबै किसिमका बहाना हुने गर्दछ ।
आफ्नो जिम्मेवारीलाई सदैव स्वीकार गरि परिवार र कामप्रति पूर्ण रुपमा जिम्मेवारी बहन गर्दे अगाडि बढ्नुपर्छ । जसले तपाईलाई सफलतामा पुग्न मद्दत गर्दछ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस