कमेडियन भारतीका श्रीमान दोस्रो विवाह गर्न तयार
एजेन्सी– भारतीय चर्चीत कमेडियन भारतीका श्रीमान आफू दोस्रो विवाह गर्न तयार भएको एक टिभी कार्यक्रममा बताएका छन् । चर्चित टिभी कार्यक्रम खतरोंका खेलाडीको सिजन १० सुरु भएसँगै शोमा गरिने विभिन्न स्टन्ट्सले अहिले भारतमा निकै चर्चा पाएका छन् ।
यही कार्यक्रमको एउटा भिडियो अहिले बाहिर आएको छ । त्यसमा कमेडियन भारती सिंहका श्रीमान हर्ष लिंबाचिया टास्क गर्दा अभिनेत्री करिश्मा तन्नालाई प्रपोज गरिरहेका छन् ।
यस भिडियोलाई भारतीय मिडियाले चर्चामा ल्याइरहेका छन् । भिडियोमा भारतीका श्रीमानले ‘मेरो दोस्रो विवाह तिमीसँग हुनेछ, म त्यसका लागि तयार छु,’ भनेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस