कोरोना संक्रमण जोखिमका कारण मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

सम्भावित कोरोना संक्रमणको जोखिमका कारण काठमाडौमा हुन लागेको आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ । ४ दिन सम्म चल्ने महोत्सवको उद्घाट यही फागुन २१ गते तय भएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले सभा, सम्मेलन, महोत्सवहरु नगर्न गरेको आह्वानलाई सम्मान गर्दे महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक संस्था मानव अधिकार चलचित्र केन्द्रले जनाएको छ ।
महोत्सवमा यस वर्ष ३२ देशका ८४ चलचित्र महोत्सवमा प्रदर्शनका लागि छानिएका थिए । महोत्सवमा भाग लिन १७ देशका २२ जना विदेशी फिल्ममेकरहरु नेपाल आउने तयारीमा रहेका महोत्वसले जनाएको छ ।
महोत्सवको अर्को मिति स्थिति सामान्य भएपछि घोषणा गरिने छ आयोजक संस्था मानव अधिकार चलचित्र केन्द्रले जनाएको छ । आठौं महोत्सवमा प्रदर्शनका छानिएका चलचित्रहरु नै आगामी मितिमा पनि प्रदर्शन गरिने पनि केन्द्रले जनाएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस