प्रियंका र आयुष्मानले किन गरे भारतीय संस्कारमा बिहे ?
काठमाडौं, २० फागुन- नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरेका छन्। यहि फागुन १६ गते कानुनी र १७ गते परम्परागत रुपमा विवाह गरेका यी जोडीको प्रेम अफेयर्सका बारेमा खुबै चर्चा चलेको थियो।
बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी गरेर चर्चा बटुलेका यी जोडीका विवाह र पहिरनका बारेमा प्रशंसा र आलोचना पनि उत्तिकै चल्यो।
प्रियंकाले इन्स्टाग्राममा पोष्ट गरेका तस्बिरहरुमा नेपाली मौलिक परम्पराभन्दा पनि भारतीय संस्कार झल्किएपछि उनका शुभेच्छुकहरुले गाली गरेका छन्। भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले प्रष्टीकरण नै दिनुपरेको छ।
बधाई र गाली सँगसँगै बर्षिएपछि उनले शुभेच्छुकहरुलाई स्पष्ट पार्न खोजेकी छन्। प्रियंकाले आफूहरु दुवैको मावलीको पुर्खा भारतीय भएको खुलाएकी छन्।
उनले लेखेकी छन्, ‘मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ। हाम्रो आमापट्टिको हजुरबा पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ। आयूष्मानको पनि आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ। उहाँको देशराज थर त्यतैबाट आएको हो।’ इमेज खबरबाट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस