झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

बनियानी, २१ फागुन- झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिए। ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरिएको उनले बताए।
‘विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ’, उनले भने, ‘अभियानमा उत्साहजनक सहभागिता देखिएको छ।’ कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए। उनले भने, ‘जिल्लाव्यापीरूपमा सचेतनामूलक कार्यक्रम गछौँ।’
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस