जमुनाह नाकामा कोरोनाभाइरस हेल्थ डेस्क सञ्चालन
बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ । बाँकेको जमुनाह नाका नजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन प्रभावकारी सतर्कता अपनाइएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज आउने यात्रुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले राससलाई बताउनुभयो ।
इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउन सकिने भएकोले त्यसको प्रयोग गरी दुई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् । सयौँ यात्रु आवतजावत गर्ने नेपालगञ्ज विमानस्थल राझा एअरपोर्टमा भने हेल्थ डेस्कको व्यवस्था नगरिएको नेपाल नागरिक उड्डयन कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले राससलाई बताउनुभयो ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस