जमुनाह नाकामा कोरोनाभाइरस हेल्थ डेस्क सञ्चालन

बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ । बाँकेको जमुनाह नाका नजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन प्रभावकारी सतर्कता अपनाइएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज आउने यात्रुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले राससलाई बताउनुभयो ।
इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउन सकिने भएकोले त्यसको प्रयोग गरी दुई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् । सयौँ यात्रु आवतजावत गर्ने नेपालगञ्ज विमानस्थल राझा एअरपोर्टमा भने हेल्थ डेस्कको व्यवस्था नगरिएको नेपाल नागरिक उड्डयन कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले राससलाई बताउनुभयो ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस