१५ हजार पर्ने स्मार्टफोनको विज्ञापन खेल्न सलमानले पाए ७ करोड

एजेन्सी- फिल्म बाहेक ब्रान्ड एम्बेसेडरका लागि पनि सलमान खान अन्य अभिनेताहरुमा भारी पर्ने गर्छन्। उनको स्टारडम यति भारी छ कि कम्पनीहरु उनलाई ब्रान्ड एम्बेसेडर बनाउनका लागि करोडाैं पनि दिन तयार हुन्छन्।
भर्खरै मात्र चिनियाँ स्मार्टफोन कम्पनीले रियल मी ६ र रियल मी ६ प्रो स्मार्टफोनका लागि सलमानलाई आफ्नो ब्रान्ड एम्बेसेडर बनाएका छन्। यसका लागि सलमानलाई ठूलो रकम पनि दिएकाे छ।
बलिउड हंगामामा छापिएको रिपोर्ट अनुसार सलमानले यो कम्पनीको लागि केही दिनअघि मात्र एउटा विज्ञापन शूट गरे। यो विज्ञापन मुम्बईको महबूब स्टूडियोमा शूट भयो, जसको लागि सलमानलाई प्रतिदिनको हिसाबले ७ करोड रुपैयाँ दिइएको छ। सलमानले कति दिनमा यो शूटलाई पूरा गरेका थिए भन्ने बारे थाहा हुन नसकेको बताइएको छ। तर पनि मात्र १५ हजार पर्ने स्मार्टफोनको लागि यति ठूलो रकम दिनुले सलमानको स्टारडम हाबी भएको देखिन्छ।
सलमान पनि उक्त कम्पनीसँग जोडिएकोमा खुसी व्यक्त गरे। भने कम्पनीका सिइओ माधव सेठ पनि सलमानलाई आफ्नो ब्रान्डका लागि सबैभन्दा उपयुक्त अनुहार भएको बताए। यस्तै, सलमानको आउदै गरेको चलचित्र ‘राधेः योर मोस्ट वांटेड भाई’ यहीं ईदमा रिलीज हुँदैछ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस