के आज भन्दा १२ वर्ष अघिनै काेरोनाबारे भविष्यवाणी भएकै हो त?
अहिले सामाजिक सञ्जालहरुमा कोरोना भाइरसको महामारीबारे भविष्यवाणी भएका विभिन्न दाबी सहित पोष्टहरु छ्याप्छ्प्ति भएका छन् । विभिन्न समयमा आफुलाई भविष्यद्रष्टा भएको दाबी गर्नेहरुका प्रकाशित पुस्तकका अंश र कतिपय उपन्यासका अंशमा समेत कोरोना बारे भविष्यवाणी गरिएको भनिएको छ । के हो त ती भविष्यवाणीहरुको रहस्य ? के साँच्चै ती लेखकहरुले भविष्य देखेकै हुन् त ?
उहान–४०० रोग
उपन्यासकार डीन कोन्ट्जको सन् १९८१ मा प्रकाशित पुस्तक ‘द आई अफ डार्कनेस’मा उहान–४०० नामक एक रोगको उल्लेख गरिएको छ । उपन्यासमा रोगको नामको प्रशंगमा भनिएको छ, चीनको उहान शहर नजिकै एउटा ल्याबमा विकसित गरिएको भाइरसका कारण हुने रोग भएकोले यसको नाम उहान–४०० रहन गएको हो । उपन्यासका अनुसार चीनले जैविक हतियारका रुपमा यो भाइरस विकसित गरेको हो । उहानको ल्याबमा विकसित भएका त्यस्ता किसिमका भाइरस मध्ये यो ४ सयौ प्रकार भएको ले यसलाई उहान–४०० भनिएको पुस्तकमा उल्लेख छ ।
‘सन् २०२० को आसपास कडा खालको निमोनिया जस्तो एउटा रोग देखिने छ, त्यो विश्वभरीनै फैलिने छ, जसले फोक्सो र स्वासनलीमा असर गर्ने छ र त्यस रोगमा कुनै पनि उपलब्ध उपचारको असर हुने छैन । त्यो रोग आफैमा एक आश्चर्य हुने छ, जसरी आयो केही समयमा आफै हराएर जाने छ । १० वर्षपछि फेरी एकपटक त्यो रोग देखा पर्ने अनि त्यसपछि कहिल्यै देखिने छैन । ’
पुस्तकका अनुसार यो भाइरसले मानव जातिलाई मात्र प्रभावित पार्छ र शहरका शहर वा सम्पूर्ण देशनै सखाप पार्न सक्छ । भाइरका कारण हुने मृत्यूदर शत प्रतिशत हुने उपन्यासमा उल्लेख छ ।
चीनबाट यस्तै खालको जैविक हतियारको परिक्षणको रुपमा कोरोना भाइसर फैलिएको भन्ने षडयन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्योरी) मा विश्वास गर्नेहरुका लागि उपन्यासको त्यो काल्पनिक उल्लेख एक आधार भएको छ ।
उहान–४०० को वास्तविकता
डीन कोन्ट्जको उपन्यास ‘द आई अफ डार्कनेस’ पहिलो पटक सन् १९८१ मा प्रकाशित भएको हो । १९८१ मा पुस्तक प्रकाशित हुँदा ‘उहान–४००’ नाम उल्लेख गरिएको सो भाइरसको नाम ‘गोर्की – ४००’ थियो । जसको नाम तत्कालिन सोभियत संघको गोर्की शहरको नममा राखिएको उल्लेख थियो, चीनको उहान शहरको उल्लेख भएको जस्तै गरी ।
पुस्तक पछि सन् १९८९ मा पुनरमुद्रण हुँदा सोही ‘गोर्की – ४००’ भाइरको नाम ‘उहान–४००’ राखिएको थियो । उपन्यासमा रहस्य देखाउने क्रममा अमेरिकी समाजमा तत्कालिन अवस्थामा रहस्यमयी मुलुकका रुपमा हेरिने सोभियत संघ उल्लेख थियो भने सोभियत संघको विघटन पछि चीन उल्लेख भएको देखिन्छ ।
रुसको गोर्कीमा कुनै यस्तो भाइरसको प्रकोप भएन । चीनको उहानमा हुनु संयोगमात्र भन्ने स्पस्ट हुन्छ ।
सिनेमाको दाबी
सन् २०११ को हलिउड सिनेमा ‘कोन्टाजिओन’ मा कोरोना जस्तै भाइरको उल्लेख भएको भन्दै विभिन्न सामाजिक सञ्जालहरुमा उल्लेख भइरहेको छ । ‘कोन्टाजिओन’ मा चीनले एक प्रकारको रोग फैलाउने जैविक हतियारले अमेरिकामा आक्रमण गरेको उल्लेख छ ।
तर त्यो उल्लेखलाई अहिलेको कोरोना संक्रमणसित दाँज्ने कुनै आधार छैन । अमेरिकी सिनेमामा कुनै बेला सोभियत संघलाई त्यस्तै विभिन्न प्रकारले अमेरिकामा आक्रमण गर्ने देशको रुपमा उल्लेख गरिन्थ्यो भने अहिले चीन, उत्तर कोरिया, इरान लगायतका देशलाई उल्लेख गर्ने चलन छ । भारतमा पाकिस्तानलाई उल्लेख गरे जस्तै । त्यसैले कुनै सुचनाकै आधारमा सो सिनेमा बनेको हो भन्ने पत्याउने कुनै आधार छैन ।
सिल्भिया ब्राउनीको भविष्यवाणी
आफुलाई मनोवैज्ञानिक र भविष्यद्रष्टा दावी गर्ने सिल्भिया ब्राउनीका मनोविज्ञान र भविष्यवाणीका विभिन्न पुस्तक प्रकाशित छन् । त्यसै मध्येको उनको एउटा पुस्तक हो, ‘एण्ड अफ डेज’ । सोही पुस्तकमा उनले कोरोना भाइसरबारे भविष्यवाणी गरेको अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।
बाकी अघिल्ला उल्लेख भन्दा सिल्भियाको भविष्यवाणीको यो उल्लेख वास्तविकतासँग केही मिलेको देखिन्छ । सिल्भियाको सन् २००८ मा लेखिएको पुस्तक ‘एण्ड अफ डेज’ को पृष्ठ ३१२ मा सन् २०२० को उल्लेख छ । त्यसमा भनिएको छ ।
‘सन् २०२० को आसपास कडा खालको निमोनिया जस्तो एउटा रोग देखिने छ, त्यो विश्वभरीनै फैलिने छ, जसले फोक्सो र स्वासनलीमा असर गर्ने छ र त्यस रोगमा कुनै पनि उपलब्ध उपचारको असर हुने छैन । त्यो रोग आफैमा एक आश्चर्य हुने छ, जसरी आयो केही समयमा आफै हराएर जाने छ । १० वर्षपछि फेरी एकपटक त्यो रोग देखा पर्ने अनि त्यसपछि कहिल्यै देखिने छैन । ’
सिल्भियाको यो भविष्यवाणी अहिलेको वास्तविकता हेर्दा मेल खाएको देखिन्छ । तर सिल्भियाका अरु कुनै भविष्यवाणी मिलेका उदाहरण छैनन् । सिल्भियाको निधन सन् २०१३ मा भएको थियो । त्यसअघि नै मृत आत्माहरुसँग कुरा गर्न सक्छु भन्ने उनको दाबीका कारण उनको निकै बदनामी भैसकेको थियो । हराएका बच्चाहरुका दुःखी बाबुआमालाई उनीहरुको बच्चा बारे गलत भविष्यवाणी गरेका कारण पनि उनको निकै बदनामी भएको थियो ।
उनले सोही पुस्तकमा सन् २०१२ मा पार्केन्सन्स रोग र प्यारालाइसिसको औषधी पत्तो लाग्ने भविष्यवाणी गरेकी थिइन्, जुन गतल सावित भईसकेको छ । त्यस पुस्तकमा भएका उनको कयौ भविष्यवाणीहरु सही भएका उदाहरण भेटिएका छैनन् ।
त्यसैले उनले त्यो जानेर वा भविष्य देखेरै भनेकी थिइन् वा संयोगमात्र थियो भन्न सक्ने आधार छैन ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस