कविताः नारी
नारी सिर्जन हुन् सितार तवला सङ्गीत हुन् घन्किने
नारी जीवन ठान्न हुन्न अवला , नारी विना के हुने
नारी गर्भ विना त जीवनहरू संसारमा ब्यर्थ छन्
नारी पुण्य धरा जसै भुवन हुन् , जो सृष्टिकै अर्थ छन्
नारी सृष्टि र भूमि हुन् पुरुषका ,अर्धाङ्गिनी दात्र हुन्
नारीको गरिमा त उच्च छ सदा ,नारी अहो पात्र हुन्
आमा हुन् जननी र स्वर्ग पनि हुन् , ती सङ्गिनी मित्र हुन्
नारीनै घरवार सुख्ख नरको , हुन् जिन्दगी चित्र हुन्
नारी तागत हुन् सदैव नरको , ती शक्ति हुन् पावन
नारीकै अपहेलना गरि मर्यो ,दृष्टान्तमा रावण
सीता हुन् अनि पार्वती पनि उनी, नारी र नारायण
सीताकै निहुँ बाट युद्ध गरियो , भन्दै छ रामायण
नारी हुन् परिवार रत्न गहना , नारी अलङ्कार हुन्
नारी जीवन हुन् स्वयं मुट हुन् , जीवन्त संसार हुन्
नारी साथ हुँदा रह्यो भुवन यो , नारायणी हुन् सदा
नारी अवतार हुन् सुख दिने , संसार यो सम्झिदाँ
रामराजा तिमल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस