आठ घण्टाभन्दा बढी काम गर्नेलाई मानसिक समस्या
एजेन्सी – प्रायः मानिस आफ्नो सपना पूरा गर्ने भन्दै कार्यालय तथा अफिसमा निर्धारित घण्टाभन्दा बढी सयम बिताउने गर्छन्। जसले गर्दा उनीहरुमा मानसिक र शारीरिक समस्याहरु देखिन थालेको छ।
हप्तामा एक दिन पनि विदा नलिइ कार्यालयमा ८ घण्टाभन्दा बढी काम गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका रोगले सताउने देखिएको छ।
हाइपरटेन्शन, हृदयघात, एन्जाइटी, स्ट्रोक, डिप्रेशन, मासंपेशीको दुखाइ, ढाड र कम्मरको दुखाइ, स्लिप डिस्क र सर्भाइकल पेन जस्ता समस्याहरु अफिसमा लामो सयम व्यतित गर्ने युवाहरुको समस्या हो।
अफिसमा धेरै समय बिताउने युवाहरुमा चिढिने र नकारात्मक सोचाइ बढिरहेको छ। अत्याधिक समय शारीरिक रुपमा सक्रिय रहँदा मानसिक रुपमा थाक्ने हुँदा उनीहरुमा विस्तारै विस्तारै दिक्दारीपन बढ्दै जान्छ। यति मात्र होइन यसका कारण युवाहरुमा डिप्रेसनको समस्या पनि उत्पन्न हुने गर्छ।
स्वास्थ्य विशेषज्ञका अनुसार आफ्ना लक्ष्य र सपना पूरा गर्न मेहनत गर्नु नराम्रो कुरा त होइन तर आफ्नो स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा पहिलो कुरा हो।
त्यसको लागि प्राणायाम गर्ने, शवासन गर्ने, तातो दूध पिउने र मनपर्ने गीत सुन्ने गर्नुपर्छ। साथै, परिवारसँग १० मिनेट समय बिताउने गर्ने र आफूमा आत्मविश्वास बढाउने गर्नुपर्छ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस