नेपालमा अपराधको ग्राफ बढ्दो, सामाजिक अपराध सबैभन्दा धेरै
नेपाली समाजमा भौतिक पूर्वाधार, शिक्षा, चेतना र प्रविधिको क्षेत्रमा दिनानुदिन विकास भइरहेको छ । यस्तो विकासको सापेक्षतामा अपराध घट्नुको साटो झनै वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पञ्चवर्षीय तथ्याङ्क अनुसार सामाजिक अपराधको आँकडा सबैभन्दा बढी छ ।
आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्मको तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा सबै किसिमका अपराधकर्ममा बढोत्तरी भएको देखिन्छ । समीक्षा अवधिको पहिलो वर्ष आ.व. २०७१/०७२ मा ज्यानसम्बन्धी अपराधको संख्या ५१७२ रहेकोमा आ.व. २०७५/०७६ मा उक्त संख्या ६९८६ पुगेको देखिन्छ । आ.व. २०७१/०७२ मा आत्महत्यासम्बन्धी अपराध ४३३२ वटा रहेको छ । जुन आ.व. २०७५/०७६ मा आइपुग्दा ५७५४ पुगेको छ । चोरीसम्बन्धी अपराध १३०१ बाट बढेर २८७३ पुगेको छ भने आ.व. २०७१/०७२ मा संगठित तथा आर्थिक अपराधको संख्या ३१८१ रहेकोमा पाँच वर्षको अवधिमा ५३०१ पुगेको छ । यो अवधिमा सामाजिक अपराधका घटना सबैभन्दा धेरै घटेको तथ्याङ्मा देखिन्छ ।

आ.व. २०७१/०७२ मा ९८६८ वटा सामाजिक अपराधका घटना भएकोमा आ.व. २०७५/०७६ मा आइपुग्दा १११८६ पुगेको छ । यसबीच आ.व. २०७४/०७५ मा सामाजिक अपराध सबैभन्दा धेरै भएको छ । उक्त आर्थिक वर्षमा १४४५० वटा सामाजिक अपराधका घटना भएको तथ्याङ्क छ ।
५ वर्षको अवधिमा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटना २३३१ बाट बढेर ४४२३ वटा र सवारीसम्बन्धी अपराध १६६७ बाट बढेर २५४० पुगेको छ । त्यसैगरी विविध अपराधको संख्या २०२ बाट ३१८ ८ वटा पुगेको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार ५ वर्षको अवधिमा ज्यान, आत्महत्या, चोरी, संगठित तथा आर्थिक, महिला तथा बालबालिका सम्बन्धी र विविध अपराधको संख्या आ.व. २०७५/०७६ मा सबैभन्दा बढी छ । सामाजिक अपराधका घटना आ.व. २०७४/०७५ मा सबैभन्दा धेरै घटेकोमा आ.व. २०७५/०७६ मा केही कम भएको देखिन्छ ।

आ.व. २०७१/०७२ मा मुद्दा दर्ता संख्या २८०७० रहेकोमा आ.व. २०७४/०७५ मा ४३०५१ पुगेको देखिन्छ । पछिल्लो ५ वर्षमा अपराध वृद्धिदर १ दशमलव ७६ प्रतिशतबाट बढेर ९.५० प्रतिशत पुगेको छ । यसबीच आ.व. २०७४/०७५ मा अपराध वृद्धिदर २४.९६ प्रतिशत छ । जुन समीक्षा अवधिमा सबैभन्दा उच्च वृद्धिदर हो ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस