कोभिड–१९ : जनचेतना फैलाउन शिक्षक परिचालन
कोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
यस कार्यमा शिक्षकले महत्वपूर्ण योगदान पु¥याउने भएकाले आजदेखि परिचालन गरिन लागेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । यसैगरी बैठकले भारतसँग जोडिएको सीमा बन्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै मासु पसल बन्द गर्र्नेे निर्णय बैठकले गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस