• जीवनशैली | Jiwanshaili
  • धारावाहिक उपन्यास : कल्पना भाग-२


    यस धारावाहिक उपन्यासकाे पहिलाेभाग पढ्न तल लिङ्क क्लिक गर्नुहाेस् ।

    संगमको जीवन अब फरक किसिमले बितिरहेको छ । उसलाई कुनै पनि कुरा जोच्ने समय पटक्कै छैन । न त उसले साथीको बारेमा सोच्न सक्दछ । न उसले प्यारी बहिनी सविनालाई नै सम्झेर पत्र लेख्न सक्छ । उता नातिको बाटो कुर्दै बुढी हजुरआमा समय र परिस्थितिको सामना गदैैछिन् । पढ्न भनेर हिडेको आफ्नाे नाति यति लामो समय सम्म पनि आफूलाई नसम्झिएका कारण हजुरआमा चिन्तित छिन् ।

    संगम दिनभरि विदेशीसँग हिड्दा हिड्दै थकाईले साँझ लुटुक्क भएको थाहा नै पाउँदैन । कहिले काही स्वास्थ्य चौकी अनि उपस्वास्थ्य चौकीमा विदेशी डाक्टरहरुको सहयोगी बनेर व्यस्त हुन्छ । उ सबै कुरा बिर्सेर गाऊँ बस्ती समाज अनि विभिन्न भौगोलिक स्थितिको अध्ययन गर्ने विदेशीहरुसँग एकोहोरिएको छ । उसले आफ्नाे जिन्दगी नै समाज सेवामा समर्पित गने निश्चित गरिसकेको छ ।

    संगमले अहिल सम्म देशका ६२ जिल्लाका २ हजार ८ सय ८० गा.वि.स. का ३७ हजार गाऊँ टोल हरुको भ्रमण गरिसकेको छ । स्वास्थ्य संस्थाको कुरा गर्ने हो भनेपनि २ हजार ९ सय ५४ वटा सेवा गरिसकेको छ । यस्तै यस्तै छ संगमको जिन्दगी कहिले मेची अञ्चलको मंगलटार हुन्छ भने कहिल महाकालीको दोधारा र चाँदनीमा त कहिले बझाङको सैपाल हिमाल अनि कहिले काठमाण्डौको सात दोबाटो । उसले आप्mनो जीवनको बारेमा समेत सोच्ने मौका पाउँदैन । प्रशस्त सम्पत्ति कमाएर पनि के नै गर्नुछ र ? भन्ने उसको निष्ठाल स्वाभाव छ ।

    खाली भएको बेलामा कहिले काहीँ उ बहिनी सबिनालाई सम्झने गर्दछ र घरको सम्झनाले सताउँछ उसलाई । पारिवारिक आनन्दमा रमेर कोदाको ढिडो अनि गुन्द्रुकको तरकारी खाएको ।

    आज असार महिनाको १२ गते झिम–झिम पानी परेको छ । पहाड अनि डाँडाकाँडालाई कुहिराले सेतो टोपी पहिराई दिएको छ । कलकल गर्दै बग्ने ती खोलानाला संगै सल्लाघारीबाट घुइकिने अनौठो आवाज आरहेको छ । २ जना विदेशी आफुभन्दा ठूलो व्याग बोकेर हिडेका छन् । संगम पनि व्याग बोकेर उनीहरु सँगै पाइलाहरु अगाडि बढाउँदै छ ।

    रातोमाटोमा खुट्टा चिप्लेर लड्दा जिउनै रातो भएको छ । पटक पटक ऊ लडेको देखेर नजिकबाट हेर्ने मानिस कोही खित्का छागेर हास्दथे भने कोही विचरा भनेर दयाको भाव प्रकट गर्दथे । असार महिना भएका कारण तलदेखि माथि सम्म खुट्टामा जुकाले टोकोर रक्ताम्मे खुट्टा रातै देखिन्थे ।
    यसरी करिब साँझ ७ः३० बजे उनीहरु सल्यान जिल्ला को एउटा स्वास्थ्य चौकीमा पुगे । यो स्थानसल्यान र रुकुमको सिमाना थियो । साँझ भैसकेका कारण त्यहाँका कुनै स्टाफहरुसँग भेट हुनसकेन । उनीहरुले आप्mनो व्यवस्था आफै गर्ने भएकोले खाना पनि व्यागमै थियो पानी पनि टन्न थर्मसमा, फारुला भन्ने ठाउँबाट बोकेका थिए । बस्न पनि पाल (टेन्ट) बाँधेर सबै आ–आफ्नाे टेन्टमा पसे । दिनभरिको थकाइका कारण संगम भुसुक्क भएको थाहै पाएन ।

    विहान करिब १० बजेतिर त्यस स्वास्थ्य चौकीका कर्मचारी आइपुगे । सबैसँग उनीहरुको परिचयात्मक कार्यक्रम चल्यो । त्यही विगत १८ वर्ष देखि सेवा पुर्याउँदै आउनुभएका एच.ए. अनि त्यसैगरि स्टाफनर्स सिस्टर, २ जना, अ.हे.व. ए.एल.एम., ग्रा.स्वा.का. मासिका अनि एकजना पीयन ।
    उक्त स्वास्थ्य चौकीमा उसको काम ३ दिन सम्म निरन्तर रुपमा चलिरहृयो । त्यस स्वास्थ्य चौकिमा बढी जस टि.वी. र कुष्ठ रोगका विरामीहरु आउँदा रहेछन् ।

    स्वास्थ्य चौकीको सम्पूर्ण रेकड र भौगोलिक स्थितिको अध्ययन पछि उनीहरु अब त्यहाँ देखि रुकुम को चौजहारी तिर लाग्ने निधो भयो । चौरजहारीमा पनि युनाटेड मिसन टु अर्थको शाखा कार्याल थियो ।

    त्यहाँ पुगेपछि डाक्टरर जोन अनि महिला रोग विशेषज्ञ डाक्टर सोफिया सरसफाइको लागि खोलाको पँधेरो तिर गए । संगम पनि दृश्यावलोकन गर्न केही तल सम्म झ¥यो ।
    वर्षातको समय आकाश डम्मै बादलले ढाकेको छ । मसिना मसिना पानीका टप्प टप्प खसीरहेका छन् । संगम एउटा पिपल चौतारोमा पुग्यो चारै तिर नयनी नजर फिजायो । उसलाई एकछिन त्यसै चौतारीमा बस्न मन लागेर आयो । संगम चौतारीमा बसेर सबैतिर एकनासले दृष्यहरु हेदै अनेक अनेक कल्पना गरिरहेको थियो ।

    पारीतिर देखिने ती पहाडहरु एक अर्कासँग नागबेली हुँदै गगन चुम्नलाई उठिरहेका थिए । ती पहाडहरु स्वेत बस्त्र धारण गरेकी सन्तोषी माता कै स्वरुप जस्तो लाग्दथ्यो । नजिकैको सल्लाघारीबाट अनौठो घुँईघुँइ आवाज आईरहेको थियो । चरा चुरुङ्कीहरुले संगीत गुन्जाईरहेका थिए । नजिकैको मकैबारीमा पानीका थोपाले निकालेको आवाज टड्कारोसँग गुन्जीहेको थियो । पिपलका तापहरु हावाले परकराई रहेका थिए ।

    त्यसैबेला हावाको एउटा झोँका आयो । ओभानोमा परेका सुकेका पातहरुलाई हवाले उडायो । संगम ती उडी रहेका पातलाई हेरेर आफ्नाे जिन्दगीसँग तुलना गर्दै सोचमग्न भयो ।कतै यसरी नै मेरो जीन्दगी पनि समयले उडाएर भुईँमा पन्छाइदिने त हैन ? ……… भैगो यस्तो सोचेर क फाइदा … फाँट तिरै आँखा लगाउन थाल्यो ।

    ती टम्म मिलेका बस्तीका फाँटहरुमा केही पुरुष एक अर्कासँग होजबाजी गर्द गोरुलाई जोतिरहका छन् । महिलाहरु हातमा धानको विउ लिएर असारे गीत झ्याउरे गीत गाउँदै एक आपसमा हिलो छ्याप्दै हास्दै रमाउँदै वर्षभरि खाने अन्न लगाउँदै छन् ।

    संगम आजसम्म नेपालको ६२ जिल्लाको विभिन्न क्षेत्रमा पुगि सकेको थियो । यस्तो सुन्दर र फरक किसिमको वातावरण देखिेकै थिएन । सायद यो स्थान सुन्दर संसारमा सजिएको पवित्र मन्दिर भए जस्तो लाग्दथ्यो । लाग्दथ्यो एउटा स्वर्गकै टुक्रा थियो ।सानो गाउँ चिटिक्क परेका घर ढुँगाको छाना । अनि फूलैको फूलको बस्ती थियो ।

    संगमको आँखा बाटो तिर मडारियो । संगमको आँखा एक अपरिचित परीसँग जुध्न पुग्यो । संगमले तलदेखि माथिसम्म आँखा नझिम्क्याएर नियाल्न थाल्यो । हो … वास्तविक रुपमा उनी एक परी थिइन् । कालो वर्णको शरीर मृन नयनी नयन, लजालु स्वागतको मधुर मुस्कान सहितका रसिला निर्दोश ओठहरु टम्म परेको जिउ हाँस्दा पनि अनार दाना झैं झल्किने दन्त लहरहरु ……. ।
    लाग्दथ्यो उनी कुनै फक्रन लागेको गुलाबको कोपिला थिइन् । संगमले सोध्नै सकेन । छटपटायो । र उनीसँग परिचय गर्न प्रयास गर्यो । तर आँट आएन । संगमले ती आफ्नाे ओठहरु कमाउँदै अनि जिब्रो लट्पटाउँदै ती परीलाई सोधीहाल्यो ।

    ‘हेलो सिस्टर ….. ।’

    अपरिचित व्यक्तिले यसरी अचानक बोलाएकोले ती सुन्दरीले झस्केर बोलिन्

    ‘हाँ अँ हँ हजुर …… ’

    संगमले सोध्यो, ‘तपाईको घर कहाँ पर्दछ ?’

    युवतीले परको ठूलो रातोमाटोले पोतेको त्यसैमाथि सिलेटले छानो छाएको घर देखाउँदै भनिन्, ‘ऊ त्यही हो ।’

    ‘अँ साँच्चि … यो अति राम्रो गाउँ रहेछ । यो गाऊँको नाम पनि जान्न सक्छु की?’ सर्टको गोजीबाट

    पकेट डायरी र कलम निकाल्दै संगमले सोध्यो ।

    ‘कुन गाउँको नामै न जान्ने भन्ने केही छ र ?’ लजालु भावमा मुसुक्क हास्दै युवतीले भनिन्
    ‘यो बस्तीलाई स्वर्णकोण भनिन्छ । अनि.. तपाई को कता पर्छ र ?’

    ‘मेरो घर पूर्वतिर पर्दछ ।’

    ‘अनि यहाँ सम्म के कामले ?’

    ‘म युनाइटेड मिशसन टु अर्थको मोबाइल (घुम्तिी) टोलीको अहेब हुँ । त्यसैको कामले यहाँ सम्म पुगेको थिए । ’ संगमले उत्तर दियो ।

    ‘अँ सिस्टर तपाई अहिले के गर्दै हुनुहुन्छ त ?’

    ‘खासै भन्दा म विद्यार्थी नै हो । अहिले म आई.ए. दोस्रो वर्षमा अध्ययनरत छु ।’

    ‘कुन क्याम्पसमा ?’

    ‘राप्ती बबइ क्याम्पस तुल्सिीपुर दाङ्कमा । उहिले क्याम्पस विदा भएर घरतिर आएकी छुँ अब ५–७ दिनपछि जानुपर्ला ।’ युवतीले भनि अनि, ‘अँ हुन्छ हानी त गाउँका मान्छे केही घरको काम पनि गर्नुपर्छ ल त ’ भन्दै हिड्न थालिन् ।

    हैन सिस्टर यति कुरा गरियो तर हुजुरल आफ्नाे नाम भन्नुभएन ?’ संगम हास्दै भन्छ ।

    उनले पछाडि हेरेर हाँस्दै लज्जालु भावा भनिन्, ‘अ…… कल्पना, कल्पना हो नाम त त्यति राम्रो छैन ।’

    यस्तो नाम नराम्रो हुन्छ र ?’ हास्दै संगमले भन्यो ।

    ‘अनि हजुरको नाम भन्न सकिएला ?’ कल्पनाले सोधिन् ।

    ‘अँ सिस्टर कल्पना जी हुन त खासै नाम छैन तर मेरोका उतार चढाव आँधी बेहरी दुःख सुखको संगम भएकोले मेरो नामै संगम राखिएको छ । मेरो नाम संगम शर्मा ।’

    कल्पना आफ्नो बाटो लागिन् । संगम पनि मन नलागी नलागी आफ्नाे टोली तिर लाग्यो ।

    संगमको मोबाइल टोली रुकुमको चौरजहारी, दुबै, सल्लिबजार, छिन्चू हुँदै केही दिनपछि नेपालगञ्ज आईपुग्यो । उनीहरुको बसाई नेपालगञ्जको बाटीका होटलमा भयो ।

    धारावाहिक उपन्यास कल्पनाकाे भाग – १


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस