भर्चुअल ‘थिएटर फेस्टिभल’

कोरोना भाईरसको महामारी फैलिने जोखिमका कारण नेपाल सरकारले एक हप्ताको लागि आवागमन निषेध गरेको छ । आवागमन निषेध भएकै बखत थिएटर मलले ‘भर्चुअल थिएटर फेस्टिभल’ आयोजना गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर कोभिड-१९ विरुद्धको अभियानको रुपमा ‘भर्चुअल फेस्टिभल’ आयोजना गरिएको आयोजकको भनाई छ ।
महोत्सव अवधिभर हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ गरिनेछ । थिएटर मल-कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन फेस्टिभलको आयोजक रहेका छन् ।

फेस्टिभलका निर्देशक केदार श्रेष्ठका अनुसार रंगप्रेमीहरूको दैनिक जीवनयापन सहज बनाउनु भर्चुअल फेस्टिभलको उदेश्य हो । विश्व रंगमञ्च दिवस, २७ मार्चदेखि सुरु हुने ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ को अवधि एक हप्ता रहेको छ ।
‘क्वारेन्टाइन, इट्स योर टाइम’ भन्ने नाराका साथ सुरु भएको फेस्टिभलको पहिलो दिन श्रेष्ठको निर्देशन रहेको नाटक ‘मान भर्सेस मती’ प्रस्तुत भएको छ ।
नाटकघरमा जस्तै उद्घोषणबाट प्रस्तुति सुरु हुने र कोभिड-१९ बारे जानकारी मुलक सन्देशहरु दिईने आयोजकको भनाई छ । लाइभ स्ट्रिमिङ गरिएका नाटकको भिडियो रेकर्ड गर्न निषेध गरिएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस