भर्चुअल ‘थिएटर फेस्टिभल’
कोरोना भाईरसको महामारी फैलिने जोखिमका कारण नेपाल सरकारले एक हप्ताको लागि आवागमन निषेध गरेको छ । आवागमन निषेध भएकै बखत थिएटर मलले ‘भर्चुअल थिएटर फेस्टिभल’ आयोजना गरेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर कोभिड-१९ विरुद्धको अभियानको रुपमा ‘भर्चुअल फेस्टिभल’ आयोजना गरिएको आयोजकको भनाई छ ।
महोत्सव अवधिभर हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ गरिनेछ । थिएटर मल-कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन फेस्टिभलको आयोजक रहेका छन् ।

फेस्टिभलका निर्देशक केदार श्रेष्ठका अनुसार रंगप्रेमीहरूको दैनिक जीवनयापन सहज बनाउनु भर्चुअल फेस्टिभलको उदेश्य हो । विश्व रंगमञ्च दिवस, २७ मार्चदेखि सुरु हुने ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ को अवधि एक हप्ता रहेको छ ।
‘क्वारेन्टाइन, इट्स योर टाइम’ भन्ने नाराका साथ सुरु भएको फेस्टिभलको पहिलो दिन श्रेष्ठको निर्देशन रहेको नाटक ‘मान भर्सेस मती’ प्रस्तुत भएको छ ।
नाटकघरमा जस्तै उद्घोषणबाट प्रस्तुति सुरु हुने र कोभिड-१९ बारे जानकारी मुलक सन्देशहरु दिईने आयोजकको भनाई छ । लाइभ स्ट्रिमिङ गरिएका नाटकको भिडियो रेकर्ड गर्न निषेध गरिएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस