दार्चुला दुखिरहेको छ
- अरुणदेव जाेशी
तँ त सुदूरको होस् भनेर
मालिकले सँधै दूर गरेपछि
जीवनको दुरुहता मेटाउन
परिवारसँग दुरी बनाएर
दूर देशमा गएको मेरो भाई
==
प्रकृतिको कोपमा दुनियाँ तड्पिँदा
परिवारको मायाले आकुल
सुदिनको मोहपास त्यागेर
कयौं माइलको बाटो पैदल नाप्दै
दैलोमा फर्किआएको छ
==
जल्लाद जस्तो देखिने त्यो
बज्र लिएको जुंगामुठे द्वारपाले
रैतीलाई काखा अनि पाखा गर्ने
त्यही निर्दयी मालिकको ईसारामा
भाईलाई भाईबाट दूर राख्न खोज्छ
==
म घरभित्रै बन्दी छु, उ दैलोमा छ
मेरो घरको ढोकामा बाहिरबाट
भोटे ताल्चा लगाउने तँ को होस्
यो मेरो बाउले बनाएको घर हो
यसमा मेरो भाईको पनि उत्तिकै हक लाग्छ
==
ओहो, दार्चुला दुखिरहेको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस