लकडाउनका बेला नाटक र बालकथा लाईभ

कोरोना भाइरसको प्रभाव नियन्त्रण गर्न लकडाउन गरिएको छ । यो समयमा मनोरञ्जनका लागि केही संस्थागत प्रयास भइरहेका छन् । लकडाउनको बेला घरमै रहेका दर्शकले भर्चुअल कन्सर्ट, मुभी शो आदिको माध्यमबाट मनोरञ्जन लिएका छन् ।
यतिखेर थिएटर मलले ‘भर्चुअल थिएटर फेस्टिभल’ गरिरहेको छ । विश्व रंगमञ्च दिवसको अवसर पारेर सुरुमा एक हप्ताको लागि आयोजना गरिएको फेस्टिभलको समय अवधि थपिएको छ ।
महोत्सव अवधिभर हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ भइरहेको छ । यो फेस्टिभलको आयोजक थिएटर मल-कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन रहेका छन् ।
फेस्टिभलको समय थपिएसँगै गुरुकुल, कौशी थिएटर लगायतका संस्थाले समेत आयोजकसँग सहकार्य गरेका छन् । ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ विश्व रंगमञ्च दिवस, २७ मार्चदेखि ‘क्वारेन्टाइन, इट्स योर टाइम’ भन्ने नाराका साथ सुरु भएको हो ।
बालबालिकाको लागि कथा
लकडाउनको बखत बालबालिकाको लागि भर्चुअल कथावाचन भइरहेको छ । ‘स्टोरी टाईम इन नेपाल’को फेसबुक पेजमार्फत हरेक दिन ३ बजे विभिन्न व्यक्तित्वले कथावाचन गर्दै आइरहेका छन् । शनिबार (आज) दिप्ती खकुरेलको कथा वाचन तालिका रहेको छ ।
कथालय इन्कको सामाजिक उत्तरदायित्वको अन्तरगत कथावाचन अभियान सञ्चालन गरिएको हो । मार्च २४ देखि सुरु भएको कथा वाचन अभियानमा हालसम्म शान्ता दाहाल, रोमा प्रधान, ध्रव घिमिरे, राजीवधर जोशी, लक्ष्मी श्रेष्ठ, कृष्णदीप सिग्देल, नाजिर हुसेन, शास्वत पराजुली, दिलभुषण पाठक, मोनिका प्रधान, यशु श्रेष्ठ, माया थापा, रुपेश श्रेष्ठले कथावाचन गरिसकेका छन् ।
क्याटेगोरी : कला शैली, कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस