लकडाउन: मनलाई शान्त र शरीरलाई स्वस्थ राख्न अपनाउनुस् निम्न ५ तरिका

कोरोनाको कारण विश्वभरमा करोडौँ मानिसहरू अशान्तिको माहोलमा बाँचिरहेको छन् । सामाजिक सञ्जालमा आउने भ्रामक समाचारको कारणले पनि मानिसहरूको मानसिक स्वास्थ्यमा सिधा असर पारिरहेको छ । यो तनावपूर्ण अवस्थामा सबै जना के गर्ने, के नगर्ने थाहा नपाएर अन्योलमा परेको पाइन्छ । बारम्बार थपिरहेको लकडाउनको अवधि र सामाजिक सञ्जालको भ्रामक खबरले गर्दा मानिसहरूको स्वास्थ्य सम्बन्धी समस्या दिनानुदिन बढ्दै गइरहेको छ । यो लकडाउनमा आउने समस्याहरूसँग जुध्नकोलागी वा मानसिक स्वास्थ्य स्वस्थ राख्नको लागी निम्न ५ तरिका अपनाउन सक्नु हुन्छ ।
सामाजिक सञ्जालबाट टाढा रहनुस्
यो अवस्थामा सामाजिक सञ्जालमा आउने हरेक समाचारलाई विश्वास नगर्नुस् । खास गरी कुनै स्रोत विनाको समाचारलाई ध्यान नै नदिनुस् । सामाजिक सञ्जालबाट टाढा रहनुभयो भने मन शान्त रहन्छ । भ्रामक समाचारलाई सेयर गर्नबाट बच्नुस् खास गरी वॉट्सएपमा भाइरल भइरहेको भ्रामक समाचारबाट टाढा रहनुस् र यस्ता म्यासेजहरू सेयर पनि नगर्नुस् ।
व्यायाम गर्नुस्
तन-मन दुवै तवरले स्वस्थ रहन चाहनुहुन्छ भने यो अवस्थामा व्यायाम गर्दा फाइदा पुग्छ । बिहानको समयमा थोरै समय निकालेर केही योग आसनहरू गर्न सकिन्छ र साथै आफ्नो घरको बगैँचामा पनि काम गर्न सक्नु हुन्छ । सङ्गीत सुन्दै पनि व्यायाम गर्न सक्नु हुन्छ ।
खुला र ताजा हावामा समय बिताउनुस्
भिडभाड हुने ठाउँमा सबैभन्दा बढी कोरोनाको डर हुन्छ । सुरुवातबाट नै डाक्टर र स्वास्थ्य सम्बन्धी निकायहरूले हामीलाई भिडभाडबाट बच्न सल्लाह दिँदै आउनु भइरहेको छ । यस्तो अवस्थामा आफ्नै घरको कौसी वा बगैँचामा गएर समय बिताउन सक्नु हुन्छ तर यो समयमा तपाइले मोबाइल भने बोक्नु हुँदैन ।
बाहिर चलिरहेको भ्रामक खबरमा ध्यान नदिनुस्
सामाजिक सञ्जालमा वि-भिन्न घरेलु उपायहरू अपनाएमा कोरोनाको संक्रमणबाट बच्ने । पानी धेरै खाएमा कोरोना रोग नलाग्ने जस्ता भ्रामक खबरहरू फैलिएको छ यस्ता किसिमका खबर विश्वास नगर्नुस् । विश्व स्वास्थ्य सङ्गठनको वेबसाइट,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटबाटमा गएर सही तथ्य के हो त , जानकारी लिन सक्नु हुन्छ ।
मानसिक रोगीलाई ध्यान दिनुस्
जो व्यक्ति पहिलाबाट नै मानसिक समस्यासँग जुधिरहनुभएको छ उनीहरूको स्वास्थ्यलाई ध्यान दिनु पर्छ । भाइरस र सङ्क्रमणको डरले मनमा धेरै नै असर गर्न सक्छ । यसको कारण दैनिक जीवनमा पनि असर पर्न सक्छ र मानसिक रोगीले औषधि लिन नै भुल्न पनि सक्छ यस्तो अवस्थामा घरको अन्य सदस्यले ध्यान दिनु पर्छ ।
यो सबै सावधानीसँगै सरसफाइ र हाइजिनमा ध्यान दिनुस् । साबुन पानीले राम्रोसँग हात धुने गर्नुस् र आफ्नो अनुहार छुने बानी हटाउनुस् । घरबाट बाहिर हुनहुन्छ भने सैनीटाईजर प्रयोग गर्नुस् । केही समस्या परेमा हेल्प लाइन नम्बरहरू :१११५,११३३ मा बिहान ६ बजेबाट रातिको १० बजेसम्म सम्पर्क गर्नुस् ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस