कोरोना भाइरस विरुद्धकाे औषधि परीक्षण असफल
कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको छ । यस एन्टिभाइरल औषधीको नाम ‘रिमोडिसिभर’ राखिएको छ । यो औषधि चीनले परीक्षण गरिरहेको थियो तर असफल भएको बताइएको छ ।
परीक्षणका क्रममा जम्मा २३७ जना कोरोनाका बिरामीमध्ये १५८ जनालाई रिमोडिसिभर औषधि दिइएको थियो भने बाँकीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमोडिसिभर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।
यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसी हिन्दीले जनाएकाे छ ।
रेडमेसिभर औषधिको बारेमा धेरै आशा थियो । तर यो औषधि दिएका बिरामीमा कुनै सुधार देखिएन । यसको मतलब कीटाणुनाशक औषधि दिनाले बिरामीको रगतमा कीटाणुहरू कम भएन । यस असफलताको रिपोर्ट डब्ल्यूएचओले प्रकाशित गरेको छ । bbc hindi
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस