मिचिएको सिमाना बिरूद्द ‘हाम्रो माटो’ गीत सार्वजनिक
काठमाडौँ, ९ जेठ /‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाँै नेपाली’ चर्चित गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटोको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त हाम्रो माटो सार्वजनिक गरिएको हो ।
गायक खातीले आज भन्नुभयो, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङग भयो, आफ्नै छाती थिचिएझै महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ ।” नेपाली भूमीको संरक्षणका लागि सार्वजनिक भएको गीतमा शब्दमा सिर्जना चर्चित हास्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकरीको आवाज भरिएको छ । गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेको गर्नुभएको छ ।
सरकारले अहिले नेपालको आधिकारितक नयाँ नक्सा जारी गरिसकेको छ । आफ्नो पहिचानसहित स्वाभिमान बोकेका नेपालीका लागि नक्सामा भएको जमिन फिर्ता गर्न एकजुट हुन जरुरी छ । गायक खातीका अनुसार गीतमा उठान गरिएको शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस