ट्रम्पमाथि आक्रमण गर्दै फेरी सक्रिय भए विश्व थर्काेउने ह्याकर ग्यांग ‘एनोनिमस’
सन् २००३ मा विश्व थर्काएको ह्याकर ग्यांग ‘एनोनिमस’ फेरी सक्रिय भएका छन् । सक्रिए भएसँग ह्याकर ग्यांगले अमेकिाको मिनापोलिस पुलिसको वेवसाइट ह्याक गरेका छन् ।
उनीहरुले आफ्नाे ट्वीटर एकाउण्डमार्फत मिनापोलिस पुलिसको सदस्यहरुको इमेल आइडी र त्यसका पासवर्ड समेत सार्वजनिक गरेका छन् । मे ३० देखि मेनापोलिस पुलिसको साइट ह्याक भएपछि मे ३१ का दिन ‘एनोनिमस’ आफु फेरी सक्रिय भएकोा घोषणा गरेका छन् । सक्रिय भएको घोषणासँगै उनीहरुले फेसबुकमार्फत भिडियो सन्देश समेत जारी गरेका छन् ।
भिडियो सन्देशमा मिनापोलिस पुलिसको ज्यादती निकै बढेको र उनीहरु विरुद्ध आफुहरुसँग प्रसस्त प्रमाण भएको भन्दै प्रमाण निरन्तर सार्वजनिक गर्दै जाने घोषणा गरेका छन् ।
पुन सक्रिय हुँदै उनीहरुले आफ्नाे ट्वीटर अकाउण्टमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही वर्षअघि १३ वर्षिय बालिकामाथि बालात्कार गरेको भनेको आरोपको तत्थ्य प्रस्तुत गरेको दावी गरेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको एक बालिकासँगको आपत्तिजनक अवस्थाको तस्वीर सार्वजनिक गरेका छन् । जो बालिका ट्रम्पमाथि बलात्कारको आरोप लगाउने तिनै बालिक भएको दावी गरेका छन् ।
त्यसका अतिरिक्त बेलायतको राजपरिवार, राजकुमारी डायना, विल गेट्स, मोडल नोमी क्याम्पबेल लगायत विरुद्ध इन्टरनेटमा खोजी भए अनुसारका प्रमाणहरु प्रस्तुत गर्दै जाने समेत जनाएका छन् ।
यसपट अझैबढी आक्रामक रुपमा प्रस्तुत हुने घोषणा ह्याकर समुहले गरेको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस