नेपाल अंकल (काेराेना कथा)
(कोरोना कथा)
-निर्मलकुमार थापा
नेपाल अंकलको वास्तविक नाम पृथ्वीपाल हो मुल घर गोर्खा तर पछि दमौली झरेका थिए उनका परिवार । नेपाल अंकलले सेन्ट्रल लण्डनको असन चाइना टाउनमा एकमात्र रेष्टुरा कुमारी कुजिन खोलेको पनि बिस बर्ष बितिसक्यो । बेलायतमा नेपाल अंकलको परिचय बिशिष्ट छ । त्यो बिशिष्टता शरीरको उचाइ भन्दा पनि, काम र पैसाको हिसाब भन्दा पनि वा बौद्धिक तडकभडक, मिडियामा चर्तिकला देखाउने, नेपालबाट पाल्ने राजनीतिक नेता कार्यकर्तासँग झण्डारोहण कार्यक्रमका अनिवार्य फूर्तिसाथ भाग लिने पतकर घर्षणकर्म छाडि निस्वार्थ सामाजिक सेवाका कारणले नेपाल अंकलले बेलायती समाजमा निकै गरिमा कमाएका छन् । देशको गौरव बढाएकाछन् । बेतुकका हल्लाहरु, अनावश्यक दललाई बिदेशी मलद्धारा पोषण गरी हुर्काएको परदेशीपनालाई बेलाबेलामा हुने जमघटहरुमा मातृभुमिका सपूतहरु बिर्सनेगरी घुट्क्याएको दृष्य नेपालमा रहँदा तीनपाने पिएको वा कोदा, महुआको असली रस पिएझै संस्कारी गाली गरेका पाकथालीहरु ज्यूँदै छन् ।
तर भोलिपल्ट देखि सबै सामसुम । वल्लो डाडो र पल्लो डाडो, वल्लो गाउँ र पल्लो गाउँको लडाइ जस्तो हुल्लडवाजको रैथाने जरो किलो पनि नेपालीहरु संसारका सबै भूभागमा ससम्मान पुर्याएकाछन् त्यसमा चिन्ता हुनुपर्ने नहुनुपर्ने गणराज्य नेपालका भूतपूर्व नेपालीहरुलाई छाडौ । बेलायतमा पनि त्यस्ताखाले रमीताजन्य मेलाहरु देख्न सकिन्छ । सक्रिय सहभागी नभएपनि भोक्ता भएकाहरु प्रायः सबै हुनुपर्छ, जजसले शिरमा ढाका टोपी लाएका छन्, कम्मरमा खुकुरी भिरेकाछन्, नभए घरघरमा खुकुरी क्रश जताएकाछन्, काँसको थाल बजाएकाछन्, नभए गुन्द्रुकको गन्धलाई राष्ट्रिय सुगन्धका रुपमा टोल छिमेकमा प्रचार प्रसार गरीरहेकाछन् ।
…. देशभक्ति त मर्दैन देशै चुत्थो भएपनि … गहना अनेक छन् । बाहाना अनेक छन् । नेपालीहरुका पिडा पनि छन् चैनका दिन पनि हृदयमा टाँसेकाछन् । जन्मदेश छाडेर कर्मदेशमा आउँनेहरु सबै एउटै जातका फलफूल होइनन्, कोही आँप छन्, कोही सुन्तला, कोही मुन्तला, कोही नासपती त कोही मेल छन्, कोही गुराशको जुस पिउछन् कोही गुराशको वाइन पिउछन् तर साझा चिन्ता नेपाल र नेपालीको छ । त्यो कहिल्यै नमेटिने नेपालीको स्वभाव हो, तनको तन्तुमा मासीमा भरिएर बसेकोछ । त्यसको दृष्टान्त समस्यामा एकजुट हुने नेपालीहरुको चासोलाई अन्य मुलका नागरीकहरु नजरअन्दाज पनि गरेकाछन् । बहादुर गोर्खालीको शानमान सँगै सफल व्यवसायी, चिकित्सक, कानूनविद्, आदी सेवाका कारण पनि नेपालीहरु झाँगिदै गएकाछन् ।
जन्मदेश छाडेर कर्मदेशमा आउँनेहरु सबै एउटै जातका फलफूल होइनन्, कोही आँप छन्, कोही सुन्तला, कोही मुन्तला, कोही नासपती त कोही मेल छन्, कोही गुराशको जुस पिउछन् कोही गुराशको वाइन पिउछन् तर साझा चिन्ता नेपाल र नेपालीको छ ।
बेलायतमा बसोबास गर्ने नेपालीहरुमाझ एउटा भनाइ अर्मुतरुपले फैलिएकोछ, त्यो हो, कुमारी कुजिनमा नेपालबाट आउनेहरुमा घुस खानेहरु जानै सक्दैनन् । किनकी त्यहाँको मसलाको करामत नै त्यस्तै खाले थियो, देशको पैसा डुबाएर शानमा उब्राउँनेहरु आजभोली बिदेश घुम्न नौलो घटना भएन तर घुस खाने नेता कर्मचारी कोही छन् कि ती कहिल्यै कुमारी कुजिनमा पाइला टेक्नै सक्दैनन् । कोहि भन्थे, नेपाल अंकलले ढोकामा बाँधो फुकेर मोहोर र चामल राखेकाछन्, कोही भन्छन्, उनले प्रयोग गर्ने मसलाले खाना खाने मान्छेको पहिचान गर्छ । कागती र खुर्सानी दलिनमा झुण्डाउने हरु बेलायतमा नभएका होइनन तर कुमारी कुजिनको चर्चा बिशेषखालको छ । बजारमा हल्लाहरु निकै चलेका हुन्छन् तर वास्तवमै घुस्याहाहरु अहिलेसम्म जाने आँट गरेका छैनन । गइहालेमा पनि उनीहरु प्रतिकुल स्वास्थ्यका लागि तयार हुनुपर्छ । कोही कोही त ठहरै भएर ओछ्यानमै ढलेका पनि छन् । कोही भने भगौडा बनि नेपाल नै फर्केर दुरी कायम गरेका किस्साहरु सुन्न सकिन्थ्यो । सानो देश नेपालका ठुला भ्रष्टाचारीहरु अन्धविश्वासमा परेर बेलायतबाट खानाको निहुँमा लखेटिनु देशभक्तिको एउटा सर्को हो, त्यो अख्तियारलाई अपुष्टरुपमा सहयोगी सावित भएको छ ।
नेपाल अंकललाई अंशुबर्मा ताकाको नेपाल निकै घत लाग्छ, त्यसबेलाको कैलाशकुट दरबारको पनि कुरा गर्नुहुन्छ ।
नेपाल अंकल बेलायत आएको २९ बर्ष भयो । देशको राजनीति चित्त नबुझेर आएको हो भन्नुहुन्थ्यो । जहिलेपनि देशभित्रको राजनीतिको कुरा गर्दा चासो देखाउनुहुन्छ र आफ्नो अवधारणा स्पष्टरुपमा राख्नुहुन्छ । बाहिरीयका नेपालीहरुको बुद्धि र सिप देशवासीको लगन र इमान्दारीताको घुलन हुन सक्यो भने, सिंगापुर स्विजरल्याण्ड होइन चमत्कारिक कैलासकुट ल्याड सावित हुन्छ । नेपाल अंकललाई अंशुबर्मा ताकाको नेपाल निकै घत लाग्छ, त्यसबेलाको कैलाशकुट दरबारको पनि कुरा गर्नुहुन्छ । देशमा अर्थव्यवस्था चौपट पर्दा गाढधन हाँडिगाउँमा कतै भेटिन्छ कि पनि भन्नुहुन्छ तर नजिकै अहिले बनेको भाटभटेनी सुपरमार्टले सबै नेताहरुको गाढधन जिम्मा लिएदेखी कैलाशकुट दरवार अझ माटोको सतहमुनि धसीदै गएकोछ भन्नुहुन्थ्यो । कार्टुन नबनाएपनि हास्यरसले भरिएका उहाँको बोली ठेट जनबोलीका रुपमा चाँडै बुझिन्थे । परदेशमा झर्रो नेपाली कुरा गर्ने मान्छे पाउनु गाहे हो त्यसमाथि नेपाली खाना अर्को असंभव कुरा हो । नाममात्रका नेपाली रेष्टुराले नेपाली खानाको बेइज्जत नै गरेका छन् । यस मामलामा नेपाल अंकल अपवाद छन् । सन्तुलित मेनु छ, अर्डन पनि लिइन्छ, बुफे पनि छ । जसलाई जे मन पर्छ खाए हुन्छ । हिन्दुधर्ममा खाना र पूजाको कुरा गर्दा गणेशको नाममा पहिला आउँछ । खानाको मामलामा जिप्सीहरुले भगवान् गणेशको पनि मानहानी गर्ने अवस्था देखिन्छ । कंगारुको झोल्लीएको झोलीमा लुकाएजस्तो यिनीहरुले खाएको यतिका खाना कहाँ जान्छ होला? नेपाल अंकल थोरै खाने नेपालीहरुलाई जिप्सी, गोरा, काला, चीनिया सबैले कसरी, कति खान्छन् भनेर बर्णन गर्नुहुन्छ ।
जसलाई जे मन पर्छ खाए हुन्छ । हिन्दुधर्ममा खाना र पूजाको कुरा गर्दा गणेशको नाममा पहिला आउँछ । खानाको मामलामा जिप्सीहरुले भगवान् गणेशको पनि मानहानी गर्ने अवस्था देखिन्छ । कंगारुको झोल्लीएको झोलीमा लुकाएजस्तो यिनीहरुले खाएको यतिका खाना कहाँ जान्छ होला?
नेपाल अंकल पेशाले दर्तावाल लेखापाल हो । उहाँ जतिबेला नेपालमा हुनुहुन्थ्यो, उहाँ लेखाअड्डाको कार्यलय बाहिर कलमकापि लिएर, नेपाली पोशाकमा बडो ठाँटले बस्नुहुन्थ्यो रे । पैसा तिर्न सक्नेहरुसँग चल्तीको दर लिने र दिन नसक्नेहरुलाई निःशुल्क सेवा दिने गर्नुहुन्थ्यो रे । सम्बन्ध बिच्छेदका नाममा कागज र अंशबण्डाका लागि आउने झमेलाका निवेदन उहाँले कहिल्यै लिनुभएन रे । गज्जबको मान्छे सबैले यसै भन्थे । चिन्नेजान्नेहरु प्रभावित नभएका विरलै हुन्थे । नेपाल अंकलका कुरा र खाना दुबै मिठा हुन्थे । उहाँको नेपाल हुँदाको लेखनदास जीवन बेलायत आएपछि त्यागीदिनुभयो । किन त्यसो गर्नुभयो त भन्दा, मलाई कम्प्युटर नआउँने, अग्रेजि भाषा बोल्न सम्म त ठिकै हो लेख्ने कुरा आयो गाइगन्ध आउन थाल्यो र पेशा परिवर्तन गरेर खानपानमा लागे । भन्नुहुन्थ्यो । नेपाल अंकलको हात साह्ै मिठो, ने खाना बसाएपनि पकाएपनि मुखमा मालदार अनुभूती गराइछाड्ने उहाँको पकवानशिल्प थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस