नेपाल अंकल (काेराेना कथा)
(भाग – २)
-निर्मलकुमार थापा
पहिलाे भाग यहाँ पढ्नुहाेस् – भाग – १
लण्डनमा चीनियाँ बजार प्रशिद्ध ठाउँ हुने नै भयो । विश्वमा चीनको प्रभाव यसरी सृजना गरिएका मोडेल टाउनले संकेत गर्दछन् । त्यो राम्रो पक्ष भएपनि नराम्रा पक्ष भने गैरकानूनी ढंगले बसेका चिनियाँहरु र देहव्यापारमा लागेका दोस्रो र तेस्रो लिंगीका कारण चाइना टाउनको इज्जत बेइज्जत दुबै छ तर चिनियाँ खाना खान आउँने पारखीहरु पनि प्रशस्तै देखिन्छन् लण्डनमा । ती सबैको अन्तिम थलो यही चाइनाटाउन हुन्छ । केही एसियन मुलका रेष्टुरा पनि छन् तर नेपाल अंकलको कुमारीकुजिन अरुभन्दा पुरानो गरीमा बोकेको २० बर्षे लक्का जवानीमा हिडेकोले होला सधै भिडभाड नै हुनेगर्छ । बिशेषतः नेपाली खाना, हिमाली खाना र भारतीय खानाको लागि यो रेष्टुरा रोजाइमा पर्दछ ।
कोरोना भाइरसको प्रलयकारी कुइरीमण्डलमा बेलायत पनि परयो । बेलायत भित्रका व्यवसायले पनि घुँडा धसे । सबैले भन्थे बेलायतमा सबै कुरा डुबेपनि एउटा कुरा सधै तैरिरहन्छ त्यो हो बिबिसि सेवा । सूचनाको महत्व र ताकत त्यही सञ्चारमाध्यमले संसारलाई सिकाएको थियो । बिषम् अवस्थाबाट उठाउँन एक्लै मद्दत गरेको थियो । कोरोनाले लथालिगं भएका सबै धन्दाहरुमा रेष्टुरा व्यवसाय पनि पर्यो तर नेपाल अंकलले केहि दिन लकडाउनमै घरमा बस्नुपर्यो तर मनले मानेन । अस्पतालमा रोइरहेका आत्माहरुको आवाज सुन्ने कहि कतै निर्माण भइरहेका कफिन बक्सहरुमात्र थिए । डक्टर, नर्सहरुको अवस्था नाजुक थियो । समयभन्दा पनि चिन्ताको औषधी कहाँ पाउनु? भोकको शोकमा रुग्ण भइरहेको शरिरलाई सन्तुलनमा ल्याउन गाहे थियो । नेपाल अंकलले अस्पतालका कर्मचारीहरुका लागि भनेर आफ्नो रेष्टुरा खुला गर्नुभएको थियो । आफ्नो परिचयपत्र देखाएर निःशुल्क खाना खान आउँनेहरुका लागि कुमारीकुजिन खुल्लै थियो ।
कोरोनाले लथालिगं भएका सबै धन्दाहरुमा रेष्टुरा व्यवसाय पनि पर्यो तर नेपाल अंकलले केहि दिन लकडाउनमै घरमा बस्नुपर्यो तर मनले मानेन । अस्पतालमा रोइरहेका आत्माहरुको आवाज सुन्ने कहि कतै निर्माण भइरहेका कफिन बक्सहरुमात्र थिए ।
खानाको स्वादका अम्मलीहरु पनि अचम्मका हुन्छन् । देशप्रेमको झिल्के शेष कसरी जिब्रोमा बास गर्न पुग्छ र आफ्नै जन्मघरको पाकताउली सम्झाउँछ । रेष्टुरा खोल्नुपछाडीको रहस्य पनि नेपाल अंकल स्वयंम खानाको पारखी भएकोले हो । खाना र जीवन भनेको टायर र हावाको सम्बन्ध जस्तो हो भन्नुहुन्थ्यो । कोनमा बसेको आइसक्रिमजस्तो हो भन्नुहुन्थ्यो । मकैको सोलीले के नै मिठास थप्ने हो र तर पनि हाम्रो जिब्रोको स्वाद यसरी अम्मली भइसकेको छ कि आइसक्रिमको साथमा सोली चाहिन्छ चाहिन्छ, कोनको नम्र कठोरता कुलत बनेर रौं रौं मा बसेकोछ ।
नेपाल अंकलपनि विभिन्न परिकारका खानाको मजेदार शुभचिन्तक, परदेशमा कति घरमा पकाउनु र फ्रिजमा स्टोर गर्नु–तताउँनु–खानु ! बरु रेष्टुरा खोल्यो भने आफू पनि खान पाइने र हरेक दिन ताजा खानाको साथमा दाना (पैसा) पनि आउने, साथीभाइ सँग पनि भेट हुने, देश विदेशको हाल जान्न पाइने । नयाँ नयाँ साथिहरु पनि बनाउँन पाइने । यावत् कारणहरले नेपाल अंकलले कुमारी कुजिन खोल्नुभएको । चंख आँखाले ठम्माएर, रसीलो हातले हल्लाएर, मरमसला हाली जिब्रो मार्फत भुडिसेवा गर्न पाउँनु शरिररक्षाको अर्को के उपाय होला र संसारमा? ग्राहकहरुले खानाको तारीफ गरिदीएर होला नेपाल अंकलको अजंगको अमासय लाग्छ पौराणिक नेपाली संस्कृती जम्मा गरिराख्ने भकारी हो, भण्डार हो । त्यहाँ खाना मात्र छैन, शुभचिन्तकहरुले दिएको पुष्टकारी अहोभाव पनि छ, धन्यवाद पनि छ, टिप्सको गणितले ल्याउने आनन्दपनि क्याँटी बनेर कतै कुनामा रसपरवाह गरिरहकोछ । आलिसान डिट्याच घर दिएकोछ, आरामी डसना दिएकोछ । त्यहाँ लडेर घुर्न स्वतन्त्रता दिएकोछ । त्यस्तो अनुकम्पा अस्तित्वमा रहेका अन्य कर्महरुबाट पाउन असंभव छ ।
त्यहाँ खाना मात्र छैन, शुभचिन्तकहरुले दिएको पुष्टकारी अहोभाव पनि छ, धन्यवाद पनि छ, टिप्सको गणितले ल्याउने आनन्दपनि क्याँटी बनेर कतै कुनामा रसपरवाह गरिरहकोछ । आलिसान डिट्याच घर दिएकोछ, आरामी डसना दिएकोछ । त्यहाँ लडेर घुर्न स्वतन्त्रता दिएकोछ । त्यस्तो अनुकम्पा अस्तित्वमा रहेका अन्य कर्महरुबाट पाउन असंभव छ ।
त्यसैले कुमारी कुजिन दृष्यमा आउनपुग्यो र नेपालीहरुमाझ ताली पाउन सफल भयो, विदेशीमाझ थम्सअप पाउँन सफल भयो, धक्का दिएर धाप भन्नेहरु पनि छन् । ती बलिया सुडौल खानाका पारखीहरुले नेपाली खानामार्फत नेपालको प्रचार सित्तैमा गरिदीएकाछन्, त्यसको हेक्का नेपाल पर्यटन बोर्डले राखेकोछैन । पर्यटनमन्त्री सुर्ती माड्दै कतै बसेर टिभीमा कुमारी कुजिनको भिडदृष्य हेरिरहेको हुनुपर्छ । वा राजदुतले उपद्रो अंग्रेजि बोलिदीएर सजिलो नेपाललाई गोर्खाबाट इटलीको नेपल्समा पुर्याईदिएकोछ । बरु संस्कृतमा बोलिदीए हुने कमसेक देशको गरीमा बढ्थ्यो । डिग्री लुकाउँनेहरु, काम लुकाउँनेहरु, सम्बन्ध लुकाउँनेहरु बेलायतमा थुप्रै भेट्न सकिन्छ । यसरी नेपाल अंकलले अचम्मको बाटो रोज्नुभयो र प्रशस्ती गर्नुभयो । देशलाई ठगेर आउँने नेता कर्मचारीलाइ तह लाउन वीचक्राफ्ट, बोक्सी बिद्या सिक्न स्कटल्याण्ड जानुभयो र त्यसलाई रेष्टुरामा हुल्नुभयो ।
समाजसेवा पनि एकखाले कुलत रहेछ । थोरै गर्यो धेरै गर्न मन लाग्ने, जति गर्यो उती गर्न मन लाग्ने । अरुलाई सकेको सेवा सहयोग गर्न पाउँदा आउने हर्षले अन्तसहृदयलाई आनन्दी दिने नै भयो तर पनि गर्दैजाँदा त्याग्नै नसकिने गरी आत्मीय कर्म लाग्दोरहेछ ।
मेरो कर्म नै यही हो सायद, यी आवश्यक परेकालाई म नभए अरु कसले गर्ने त? भन्ने जिम्मेवारी बोध बढ्दैजाँदोरहेछ र थप निरन्तरताका लागि प्रेरणा बन्दारहेछ । नेपाल अंकलले पनि धेरै सहयोगी हातहरु फैलाउँनुभएको थियो । विमानस्थलमा अलपत्र परेका नेपलीहरुदेखि, सुत्न, घुम्न र गन्तव्यसम्म पुग्नका लागि सक्दो सहयोग गर्नुभएकै हो । जहिले देखी रेष्टुरा संचालनमा आयो त्यहाँबाट आउँने आम्दानीको धेरै हिस्सा नेपाल र बर्माका नेपालीहरुको हितमा जाने गर्दछ । सहयोग रकमको के हेक्का राख्नु नेपाल अंकल भन्छन्,
‘त्यो त गर्ने हो बिर्सने हो । भगवानको भाग हो त्यो खासमा र म ब्रोकर भइदिएको मात्र हो । निःशुल्क फेर्न पाएको हावाको मूल्य कसलाई तिरुँ? हरिया मिलेका पार्कहरुमा फुलेका बैजनी रंगका फुलहरु हेर्दा पाउने आनन्दको मूल्य कसलाई तिरुँ? सम्बन्धका अनेक भुमरीले समुन्द्रभित्र हुलेका बेला अचानक झुल्कने छालहरुलाई के तिरो तिरुँ जसले मेरो अतितलाई किनारामा ल्याइदिए र फेरी समुन्द्रका ज्वारभाटासँग मिलीगए । मैले धेरै तिरो तिर्नु बाँकी छ र यहाँ लिने कोही छैन । भनौ न मेरो शरिरको गडबडी नै मानौं, खै अहिलेसम्म चंगा भएर दौडेकै छु । अब मैले गर्ने भनेकै समाजसेवा हो । त्यो पनि हल्ला नगरी हल्का हल्कागरी सक्ने गर्ने हो ।’
‘त्यो त गर्ने हो बिर्सने हो । भगवानको भाग हो त्यो खासमा र म ब्रोकर भइदिएको मात्र हो । निःशुल्क फेर्न पाएको हावाको मूल्य कसलाई तिरुँ?
नेपाल अंकलको रेष्टुरा बाहिर एउटा डोनेसन–बाकस छ । खानका लागी आउँने ग्राहकहरुले सम्झीएर खसाले भने ठिकै छ, छैन भने उनी आफै साँझ बन्द गरेर जानेबेलामा खल्तीमा हात पसाउँदा हातमा आएजति रकम खन्याउँछन् र रंगिन अनुहार लिएर घरतर्फ लाग्छन् । च्यारीटी यात्रा र सन्ध्याकालिन् सत्रहरुको सञ्चालन उनले निकै गरेकाछन् । रेष्टुरामै उनले कतिवटा च्यारीटी डिनर होस्ट गरे त्यसको कुनै लेखाजोखा रहेन, बजारमा हिँड्दा सम्झाउँनेहरु भेटिन्छन् तर उनले भने गिन्ती गर्न छाडिसके ।
जीवनपछि आउने अर्को जीवनको लोभ नेपाल अंकलमा छैन । युवावयमा एकफेर कम्युनिष्ट नहुने को हुन्छ र? चिन्नेले नेपाल अंककलाई बेलायती नेपालीहरुको साझा श्रमीक थलोका संस्थापककारुपमा सम्मानपूर्वक लिने गर्दछन् तर अचेल उक्त संस्था बेलायतमा बस्ने नेपालीहरुको हितमा भन्दा पनि नेपालमा बस्ने शासकहरुका हितमा काम गर्ने भएदेखी नेपाल अंकल मौन भइगएकाछन् । कसैले उनीसामु राजनीतिक दाऊ राख्यो भने उनी भन्थे,
‘त्यो कम्युनिष्ट भनेको कार्लमाक्र्स, एंगेल्स वा माओ, स्टालिनसँग सरोकार राख्नै ती महान् आत्माहरुभन्दा पनि पहिले परीवार, समाजमा कलह गर्नेहरु धेरै थिए । देशका गतिमा असहती राख्नेहरु थिए तर तीनीलाई ब्यख्या गर्नका लागि कम्युनिष्ट शब्दको क्वाइन भइसकेको थिएन । तसर्थ उनीहरुका प्रतिक्रिया र कर्महरु जसरी उठे उसैगरी बिलाए । तिनको इतिहासको कुनै लेखाजोखा भएन ।’
सबैखाले राजनीतिकर्मदेखी पर रहेको अंकल सबैलाई समभावले हेर्ने गर्दथे । विस्तारै आयु पातलीदै जाँदा सिद्धान्तको ज्वरो घट्दै जानेरहेछ, क्युबाली नेताहरुको डिएनए र उत्तरकोरीयाली नेतृत्वको बंशआस छोडेर विश्वमा कहि कतै पनि उती बिध्न तातो बलिदानीको भाषण पचास कटेपछि सुनिदैन, देखिदैन । तसर्थ कोही धर्मको शरणमा पुग्छन्, कोही बिरामी मर्म छाम्दै गम्दै घरआँगन गार्डेनमा घुमिरहन्छन ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस