• जीवनशैली | Jiwanshaili
  • नेपाल अंकल (काेराेना कथा)


    (भाग – ३)

    -निर्मलकुमार थापा

    यस कथाकाे अघिल्लाे भाग यहाँ पढ्नुहाेस् भाग-२

    नेपाल अंकलको व्यापार बन्द भयो । नेपाली खानाको लत छुट्यो । नेपाली खाना खाने पारखीहरुलाई ख्वाउँन नपाएको छटपटी बढ्यो र कोरोनाको लहर झ्याम्मीदै गएपछि पनि सेवा सक्रीयता जारी राख्न नेपाल अंकल निरन्तर जुटिइरहेका थिए ।

    अचम्म के भयो भने, कोरोनाको क्रमलाई भंग गर्दै नेपाल अंकलको आवाज बन्द हुन पुगेको थियो । पछिल्लो समय उनी नियमीतरुपमा अस्पतालका स्टाफहरुलाई निःशुल्क खाना खुवाउने काममा लागेको समाचा फैलिएको थियो तर उनको आम व्यापार र आम्दानीको स्रोत भने बन्द थियो । सरकारले दिने राहत रकमलाई सदुपयोग गर्दै आएका थिए । क्रेडिट लिमीट बैंकले बढाएपनि त्यसको रकमले धान्न सक्ने अवस्था थिएन र कार्ड नै चिरीन पुगेको थियो । लपसप भएर होला उनलाई पनि कोरोनाले डसेछ र उनै ग्राहक एनएचएसका स्टाफहरुको निगरानीमा उनी अस्पतालमा लम्पसार परेका थिए । सबैले माया जताएका थिए, उनी संचारमा नेपाली हिरो भएर हाँसीरहेका थिए तर वाचाल बेडमा लडीरहेका उनको मधुरो श्वासको धाँगो ती बाहीरी हल्लाहरु सुन्नबाट बञ्चित थियो । र त्यो धाँगो पनि कतिबेला चुँड्यो भेन्टिलेटरमा राखेपछि के सक्कली समय के नक्कली समय, गोलमाल भयो र नेपाल अंकलले सबैलाई छोडेर जानुभयो । नेपाली समाजका असली हिरो त थिए नै तर बेलायती समाजमा पनि नेपाल र नेपालीको शिर उँचो राख्न काम नेपाल अंकलले गरेका थिए । त्यसको चर्चा चारैतिर फैलिएको थियो । शोकको समय थियो, आँशुको अनिकाल थियो । कोरोनाले मरेका नम्बरी मान्छेहरु थेग्न नसक्ने भएकोले कसको मृत्युमा कति पिडा खन्याउँने बाँच्नेहरुले हिसाब लगाउनुपर्ने बेला थियो । घरबाट मर्नेहरुको संख्या बढेर परिवारमा घुलेको थियो, यस्तैमा नेपाल अंकलको नम्बर आयो र बन्द बाकसमा थुनियो ।

    नेपाली समाजका असली हिरो त थिए नै तर बेलायती समाजमा पनि नेपाल र नेपालीको शिर उँचो राख्न काम नेपाल अंकलले गरेका थिए । त्यसको चर्चा चारैतिर फैलिएको थियो । शोकको समय थियो, आँशुको अनिकाल थियो ।

    उनको मृत्युपछि विस्तारै गाईगुइ चल्न थाल्यो । नेपाल अंकलको छाडेर गएको डेथनोट जसलाई उनले एकजना चिकित्सकलाई थमाएका रहेछन् त्यसको बारेमा समाचार बाहिर आयो ।

    नेपाल अंकलको संकल्प जिल पार्ने खालको थियो । उनले आफ्नो मृत्युको अन्तिम बकपत्रमा उनले कसरी कहाँ के प्रकारले उनलाई बिसर्जन गरीओस् र कस्ता कर्महरु गरीओस् भनी पहिल्य नै लेखेर सुरक्षित राखेका रहेछन्;

    नेपाल अंकलले लेखेको अन्तिम डेथ ग्याजेटको व्यहोरा यस्तो छः

    मेरा प्रिय शुभचिन्तकहरु,

    तपाईंहरुले मेरो मृत्युको समाचार पाएपछि आउनै पर्छ भन्ने पनि केही छैन, श्रद्धाञ्जली व्यक्त गर्नैपर्छ भन्ने पनि केही छैन । मौनधारण त भुलेर पनि नगर्नुहोला । मसँग जोडिएका विगतका कुनै कार्मिक कनेक्सन भएपनि तीनील्याइ ल्याएर गह्ुगो नहुनुहोला । तपाईं मात्र तपाईं भएर बाँच्नुहोला, नाच्नुहोला । मैले जसरी चिनेको थिए त्यसैगरी हाँस्नुहोला पिउनुहोला र मेरो शेषलाई छेको पारेर आफ्नो बँचेको आयुपातोलाई सम्हाल्नुहोला ।

    मेरो परिवारका सदस्यहरु,

    संयोगले हामी हामी कहलियौं, फलानो परिवार । मैले परिवारका लागि कहिल्यै केही गर्न सकेजस्तो लागेको छैन । मैले गर्न नसकेकोमा गुनासो वा केही गरेजस्तो गरेकोरहेछु भने त्यसबापत अनुग्रहका रुपमा आँशु खसाउने धृष्टता नगर्नुहोला । मेरो इच्छा यही छ, जतिसक्दो चाँडो मेरो सम्झनामा आफ्नो शरिरलाई पिडा नदिनुहोला । सम्झना गहुगों भूत जस्तो हो जसले कालको कालो चट्टान बोकेको हुन्छ र आजन्म पिरोलीरहन्छ । त्यसैले अनावश्यरुपमा मेरो सम्झनाको अघेल्याई माझमा नल्याउनुहोला ।

    मेरी पत्नी र सन्तानहरु,

    म धन्य भए तिमीहरुसँग यात्रा गर्न पाएकोमा । कहिले लाग्छ तिमीहरु मेरो जीवनघरमा जसरी आयौ र एक भयौ, म नभइ अरु कोही भए तिमीहरु कसरी बाँच्न धान्न सक्थ्यौ होला जस्तो लाग्छ र गुन लगाएको भान हुन्छ । अर्को मनले मान्थ्यो, तिमीहरुको जीवनमा म आउन नसकेको भए म कहिल्यै मिल्काइसकिएको ढुंगा हुन्थे, जसलाई नदी किनारामा हिड्ने बगरेहरुले पारी तराउँनका लागी पातलो नाडी छाम्दै भंगालोमा छोस्थे । तिमीहरुका कारण मैले पारी तर्न सके र यहाँसम्म आउनसकें, यस अर्थसँग म बढी आकर्षित भएकोछु । त्यसरी बगरेको सहायताले पौडि खेलेर नदी तरेको मेरो जीवनको के अर्थ? न बिउ हुनसक्यो? न बाँच्न नै जान्यो, यस्तोलाई बिलाउन देऊ र बियोगी बनेर खेतीकिसानी गर्ने जगलाई नहसाऔं । मेरो मृत्युकर्मका कुनैपनि थितीहरु पुरा गर्न तिमीहरु बाध्य छैनौ । तिमीहरु आफैमा पूर्ण छौ र म अपूर्ण शरिर अल्पायुमै बिदा भएकोमा कुनै सुर्ता नगर । म तिमीहरुसँग थिए भन्नु र तिमीहरु म सँग थियौ भन्नुले कुनै अर्थ राख्दैन अब । मेरो हिसाबकिताब, मेरो लेनदेन केही बाँकी रहेको रहेछ भनेपनि म सँगै गलेर जानेछ । केही बैचारीक जोड थिएभनेपनि म सँगै उडेर जानेछन् । तीनले मलाई कुनैपनि रुपमा फरक पार्दैनन् तसर्थ मेरो निम्ती म सँग जोडिएका हरेक कर्महरु निन्दनिय र अव्यवहारीक हुनेछन् यदी तिमीहरुले ठाउँ दियौ भने ।

    तिमीहरुका कारण मैले पारी तर्न सके र यहाँसम्म आउनसकें, यस अर्थसँग म बढी आकर्षित भएकोछु । त्यसरी बगरेको सहायताले पौडि खेलेर नदी तरेको मेरो जीवनको के अर्थ? न बिउ हुनसक्यो? न बाँच्न नै जान्यो, यस्तोलाई बिलाउन देऊ र बियोगी बनेर खेतीकिसानी गर्ने जगलाई नहसाऔं ।

    मेरा शुभचिन्तकहरु हो,

    तपाईंहरुको सामुहीक तस्विरमा म पनि कतै छु भने, त्यो मुहारमा केरमेट गरीदिनु, च्याँतिदीन सकीयो भने अझ उत्तम । मालिकरुख छैन भने त्यहाँको छाँयाको के काम? ती छायाँमा देखिने हाँगाबिगाको के अर्थ? ती हाँगामा बसेको गुँडको के भरोशा? त्यसैले तस्विरको गरीमा राखीदिन कृपया नष्ट गरीदिनुहोला । मेरो नाममा सुरक्षित मेरो सम्पर्क नं वा इमेल पनि गलाइदिनुहोला । मैले चलाउँने सोसल साइटमा म्यासेज वा रिक्वेष्ट पठाउने वा कुनै पनि माग विचार बोकेका गन्थनको सामुहिक ट्यागको लर्कोबाट मेरो नाम हटाइदिनुहोला, वा सोसल साइट मालीकले

    म जस्ता सामान्य मनिसको सम्झना संकलन भनेको महान मान्छेहरुको अपमान हो । तसर्थ मेरो नामको अक्षयकोष, मेरो नामको संस्थाहरु र अर्ध÷पूर्णकदका सालीक बन्न नपरेकोमा म खुशी छु । समाधीस्थलमा कुनै चिन्ह राखीदिदा छेउको अस्तु रिसाउने हुन्छ, त्यो मूर्खता पनि नगर्नु ।

    अनआइडिन्टीफाई गरीदेला मेरो अकाउन्ट त्यसको हेक्का राख्नुहोला । र भुलेर पनि मेरो मृत्युमा श्रद्धाञ्जली दिन सोसलसाइटको पातोलाई पात्रता नठान्नुहोला न त बार्षिकतिथी सँम्झाउनीको बाहाना पारेर व्यर्थका शब्दको नास गर्नबाट बच्नुहोला । मृतमान्छेका बारेमा लेखेर, पढ्न बाध्य पारेर जिवीत शरिरलाई अमिलो नबनाउँनुहोला, यसैमा तपाईंको कल्याण छ ।

    म जस्ता सामान्य मनिसको सम्झना संकलन भनेको महान मान्छेहरुको अपमान हो । तसर्थ मेरो नामको अक्षयकोष, मेरो नामको संस्थाहरु र अर्ध÷पूर्णकदका सालीक बन्न नपरेकोमा म खुशी छु । समाधीस्थलमा कुनै चिन्ह राखीदिदा छेउको अस्तु रिसाउने हुन्छ, त्यो मूर्खता पनि नगर्नु । म थिए र थिइन को माझमा अलमलीनु राम्रो कुरा होइन् । तसर्थ म बिन्दुसमान बाँचे र हराउन पाए भने मेरो भाष्य पुरा हुनेछ यसलाई मनन गर्नु ।

    अस्तु ।

    थाहा छैन के भयो कसो भयो नेपाल अंकलको मृत्युपछि । किनकी सबैले उनको अन्तिम इच्छालाई पालना गर्ने र त्यही असली सम्मान हुने भन्दै आफ्नै शैलीमा अनुबन्ध भए । त्यसपछि नेपाल अंकलका बारेमा कहिल्यै कसैले उच्चारण गरेको थाहा बेलायतमा छैन, सायद यही थिती नेपालमा पनि होला ।

    twitter; @nirmalnbts


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस