Connecting the Dots: अनलाइन शिक्षा समुदायको निर्माणमा ग्लोकलको पहल
ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था र उत्साहित टीमले बनेको छ र अहिले लकडाउनको समयमा पनि बिभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ ।
महामारीले हरेक क्षेत्रलाई उल्लेखनीय रूपमा अवरूद्ध गरेको छ। यसबाट ग्लोकल पनि अछुतो रहन सकेन, ग्लोकलका धेरै परियोजनाहरु रोकिए । यध्यपी यस अवस्थामै, ग्लोकलले सिप बिकास लाई मध्यनजर गर्दै अन्लाईन कार्यक्रमको सुरुवात गरेको छ ।

लकडाउनसुरु भएपछि ग्लोकलले अनलाइन कक्षा सुरू र्गयो । ग्लोकल आफ्टर स्कूल (ग्लोकल प्रा.लिको इकाई) ले बिभिन्न विषयहरूमा “While Isolated, Let’s get Skilled ” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो। यि अन्लाईन पाठ्यक्रमहरू बिभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो र्अन्लाईन शिक्षा पोर्टल, भविस्यमा पनि सुचारु गर्ने लक्ष्य लिएर ग्लोकल टीम अघी बढेको छ ।
इक्षुक महानुभाबहरुले घरमै बसेर अन्लाईन मार्फत पाठ्यक्रम अनुरुप बिभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन। ग्लोकल लगातार आन्नदित शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषयमा संलग्न भई युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ । उद्यमशीलता, व्यक्तिगत वित्तीय व्यवस्थापन, स्पिकिंग, एक्टिंग, लेखन तथा क्यारियर निर्माण आदि जस्ता शीर्षकहरूमा ग्लोकलले सफलता पूर्वक अनलाइन पाठ्यक्रमहरू संचालन गरिरहेको छ ।
केवल अनलाइन पाठ्यक्रमहरू मात्र होइन, ग्लोकलले यस महामारीको स्थितिमा किशोर र युवालाई बौद्धिक गतिविधिमा संलग्न गराउन र विश्वभरि हुने घटनाहरूको बारेमा सचेत बनाउन र उनीहरूलाई विभिन्न पक्षमा बौद्धिक बनाउन विभिन्न हाजिरी जवाफ प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। सोही कार्यक्रमका मार्फत विजेताहरूलाई ६ लाखको छात्रवृत्ति पनि प्रदान गरिएको थियो । ग्लोकलले युवा तथा किशोर किशोरीहरूलाई सीप प्रदान गरी उनीहरूलाई बिभिन्न गतिविधिमा संलग्न गराइरहेको छ ।
साथै ग्लोकलले #WeWillRevive अन्तर्गतका विभिन्न लाइभ सेसनहरू आयोजना गर्दै आएको छ । बिभिन्न क्षेत्रका विज्ञहरू लिएर यस महामारीमा कसरी पुनरुत्थान गर्न सक्दछौं भन्ने बारेमा कुराकानी एवम छलफल गरिरहेको छ । यो ग्लोकलको एक महत्वपूर्ण अभियान हो जस्ले समाज र राष्ट्रलाई हामी फेरी सबलहुने छौ भन्ने आशा राख्ने काम गरेको छ ।

ग्लोकलको एक महत्वकाङ्शी योजना भनेको नेपालमा अनलाइन सिप बिकासका निम्ती कार्य गर्न रहेको छ । यस अनुरुप ग्लोकल सहयोग तथा साझेदारीमा विश्वास गर्दछ, बिभिन्न संस्थाहरु जोड्दै धेरैभन्दा धेरै मानिसहरु शिक्षा तथा सेवा प्रदान गर्न अन्तर्रा्ष्ट्रिय पाठ्यक्रम लगायत नेपाली प्रशिक्षकहरुबाट पाठ्यक्रम ल्याएको छ । यसले नेपाली प्रशिक्षक र शिक्षार्थीहरुलाई एक साथ जोड्ने मञ्च सिर्जना गरेको छ।
ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक, आशीष ठाकुर भन्छन – “हामी ग्लोकल, नेपालमा अनलाइन सिकाइ दुनिया भित्र एउटा नयाँ उद्यम बनाउने दिशामा छौं । यो केवल एउटा उद्यम मात्र होइन, हामी त्यस्तो समुदायको निर्माण गर्दैछौ जसले नेपाली प्रशिक्षकहरूलाई प्रमोट र सहयोग गर्नेछ । युवाहरूलाई बौधिक प्रतिस्पर्धाको आधार बनाउन बिभिन्न क्षेत्रमा कौशल बनाउनु पनि हाम्रो लक्ष्य रहेको छ ।”
COVID- १९ महामारीको परिणाम स्वरूप कम्पनीहरू र संगठनहरू संकटको अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेका छन् । यद्यपि सकारात्मकताका साथ यो स्थिति प्रक्रिया र आन्तरिक संचार सुधार गर्न र ग्लोकलमा पनि समग्र दक्षता बढाउने नयाँ तरिकाहरू अन्बेशन गर्न सहयोग पुगेको छ । डिजिटल प्लेटफर्मले टीमका सदस्यहरूलाई कुशलतापूर्वक काम गर्न मद्दत गरेको छ । ग्लोकल टोलीका सदस्यहरू घरघरैबाट काम गरी रहेका छन्र नयाँ र नवीन प्लेटफार्महरू सिर्जना गरी उत्सहित हुँदै समयको सदुपयोग गरिरहेका छन । उनिहरु वास्तवमै समर्पित छन्र प्रभाव पार्ने काममा संलग्न रहेका जुन एक टोलीको रूपमा ग्लोकलको हौसलाको रुपमा लिन सकिन्छ ।
ग्लोकलले आर्थिक प्रगतिलाई पनि जोड दिन कोशिश गरिरहेका छ जहाँ व्यक्ति, समाज र राष्ट्रले लाभ लिन सक्दछन ्। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रमशक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ ।
संक्षेपमा भन्नुपर्दा, ग्लोकलको लक्ष्य भनेको नेपालमा कौशलताका लागि अनलाइन शिक्षा स्थापना गर्नुहो ।

क्याटेगोरी : प्रविधी शैली, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै






प्रतिक्रिया दिनुहोस