शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी
लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र राज्यले यस्ता अधिकारको ग्यारेण्टी गर्नु दायित्व नै हो । अझ बालबालिका र विद्यार्थीका माग, अधिकार पूरा गर्नु राज्यको पहिलो कर्तव्य पनि हो । तर, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतोले भने यि अधिकार रक्षा र मागविरुद्ध धावा बोलेका छन् ।
गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षक अभावको अवस्था छ । शिक्षक नहुँदा यहाँ नियमित पठनपाठन समेत हुन सकेको छैन । यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न उनीसँग माग गरेका थिए । यही क्रममा विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । तर नगरप्रमुख महतोले उनीहरूलाई धरपकड मात्रै गरेनन प्रदर्शनमा सम्लग्न विद्यार्थीलाई सामूहिक निष्कासन नै गरिदिए ।
विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्कासन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरकुशताको आरोप लगाएका छन् ।
विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन ।’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् ।
शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झूठो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नु प¥यो । हाम्रो भविष्यमाथि खेलबाड गरे ।’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनु पर्ने हाम्रो माग हो ।’
प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्काशन गरिएको बताए ।
आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादवलगायत पदाधिकारीलाई तुरुन्त निष्कासन गर्न मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।
यता, शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरुपमा पूर्वाग्राही र निरङकुशताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।
मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् । अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए ।
नगरप्रमुखले भने विद्यार्थीहरुले अनुशासन तोडेको हुनाले एक साताको लागि निष्कासन गरेर कारवाही गरेको बताए ।
विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिन अगाडि भोजभतेर समेत भएको पाइएको छ ।
सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिवार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाए स्थानीयको आरोप छ । विद्यालय जस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर भएको स्थानीयवासी बताउँछन् ।
क्याटेगोरी : ताजा अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस