सुशान्त सिंह राजपुतको ट्विटहरु मेटाइएको प्रहरीलाई आशंका
बलिउड एक्टर सुशान्त सिंह राजुतको कथित आत्महत्याले बलिउडका नयाँ कलाकार र टिभी एक्टरहरुलाई झस्काएको छ । राजपुतले गत जुलाई १६ तारिखका दिन आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । तर आत्महत्या गर्दा उनले कुनैपनि किसिको सुसाइट नोट छोडेको थिएनन् । जसले गर्दा उनको आत्म्हत्याको यकिन कारण थाहा पाउन प्रहरीलाई हम्मे हम्मे परेको छ ।
सुशान्त निधन पुर्वको करिब ६ महिनादेखि डिप्रेसनमा रहेका र उनले डिप्रेसकनको औषधी सेवन समेत गर्ने गरेको दावी गरिएको छ । मृत्युपूर्व केही समय अघिदेखि उनले औषधी सेवन गर्न समेत छाडेको बताउने गरिएको छ । तर उनको मृत्यूको कारण के थियो यकिन गर्न प्रहरीले सकिरहेको छैन ।
समाजिम सञ्जाल ट्विटरमा निकै सक्रिय सुशान्तले डिसेम्बर २७ यता कुनै ट्विट गरेको नपाइएकापछि प्रहरी थप सशंकित भएको छ । सुशान्तका ट्विटहरु मेटाइएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सामाजिक सञ्जालमा सुशान्तका पछिल्ला गतिविधिबारे जानकारीले लिन मुम्बइ प्रहरीले ट्विटरको सहयकोग माग्ने निर्णय गरेको छ ।
विगत १० दिन यता मुम्बइ प्रहरी व्यापक रुपमा सुशान्तको आत्म हत्याको कारण खोज्न लागेको छ । सुशान्तको आत्महत्याको कारण बलिउडका ठुलो भनिएका स्टुडियोहरु भएको केहीले आरोप लगाउने गरेका छन् । यस्तो आरोप लगाउनेमा बलिउड एक्टे«स कंगना रनावत सबैभन्दा अगाडि छिन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस