मृत्युसँग प्रेम ! (डेथ इज माइ लभर ! )
कोभिड १९ को कारणले सारा विश्वको लय बिथोलिएको छ । प्रायजसोः देशमा लकडाउनका कारण महिनौंसम्म नागरिकहरु घरभित्रै सिमित रहे । यस्तो बेलामा कलाकारहरु आफ्नै निवासभित्र सिमित रहेर सिर्जनाकर्ममा लागिरहे ।
कोभिड १९ को प्रभावले अस्तव्यस्त भएको कलाक्षेत्रमा केही सर्जकहरुले भने यही थिममा आफ्ना सिर्जनाहरु सार्वजनिक गर्न थालेका छन् ।
झाङ हुवान चिनियाँ कलाकार हुन् । साङ्घाई र न्युयोर्कलाई कर्मथलो बनाएका कलाकार हुवानले ‘डेथ इज माइ लभर’ शीर्षकमा कोभिड १९ को महामारीको समयमा गरेका सिर्जना सार्वजनिक गरेका छन् ।
आफुले पढेका केही समाचार र यौटा काल्पनिकी वा दुःस्वप्नले महामारीको बखत सिर्जनाका लागि प्रेरणा दिएको हुवानको भनाई छ ।
हुवानले देखेको प्रेरक दुःस्वप्न यस्तो छः
मृत्यु मेरी प्रेमिका हो । म हरेक पटक तिब्बत जाँदा दिमागमा एक किसिमको भ्रम उत्पन्न हुन्थ्यो । तिब्बत विषाधिरहित छ । पठारयुक्त भुगोल भएकोले हुनसक्छ । मलाई आकासभित्र दफन हुने तिब्र इच्छा भयो, जुन मेरोलाई रहस्यमय बगैंचा हो । अनि मैले अनगिन्ती गिद्धहरुले मेरो शरीर र आत्मालाई लिएर माथिमाथि नीलो आकाशमा उड्न सपना देखेँ । श्वास प्रश्वासकोबीचमा आउने मृत्युको एउटा प्रकृया जो हरेक ४५ दिनमा चक्रमा हुन्थ्यो, एउटा पुनर्जन्म । त्यसबेला एउटा मान्छेले मुत्यु र जन्म सम्मको हवाई यात्रा अनुभव गर्न सक्छ , कारण र असरको प्रकृयामा प्रवेश गर्ने, अनिश्चित नौलो अवतार र अन्तमा पुनर्जन्म सम्मको ।
त्यसबाहेक केही समाचार हेडलाईनहरु जसले उनको कला श्रृङ्खलाका लागि मदत गरे ।
अनौठो निमोनिया
सन् २०२० जनवरीको पहिलो साता हुबेई प्रान्तमा एकजना गर्भवती महिलामा अनौठो निमोनिया देखियो । १२ दिनसम्म उपचार गर्दापनि उनको स्वास्थ्यमा सुधार आएन । अन्ततः २१ जनवरीमा ती महिलाको मृत्यु भयो । यो घटनापछि चीन सरकारले कोरोना भाइरसको निःशुल्क उपचार गर्ने घोषणा गर्यो ।
कोभिड १९ संक्रमितको बेइजिङमा पहिलो मृत्यु
याङ जुन नाम गरेका व्यक्तिले सन् २०२० जनवरी ८ देखि १२ तारिखसम्म वुहान प्रान्तको भ्रमण गरेका थिए । जनवरी २२ मा उनमा कोभिड १९ संक्रमण पुष्टि भयो । त्यसको ५ दिनपछि उनको मृत्यु भयो ।
लि वेनलियाङ
सन् २०१९ को डिसेम्बर २० तारिखमा लि वेनलियाङ नाम गरेका अप्थाल्मालोजिस्टले वुहान प्रान्तको चाइना सीफुड मार्केटमा कोभिड १९ को प्रकोप सुरु भएको जानकारी सार्वजनिक गरे । वीच्याट ग्रुपमा उक्त जानकारी सेयर गरेका उनलाई ुह्वीसलब्लोअरुको उपमा दिइयो ।
सन् २०२० को जनवरी ३ तारिखमा उनलाई असत्य जानकारी प्रकाशन गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो । जनवरी १० मा लिसँग उपचार गरिरहेका एक बिरामीमा कोभिड १९ पुष्टि भयो । र, त्यसको संक्रमण लि स्वयंलाई पनि भयो । १ फेब्रुअरीमा लि अस्पताल भर्ना भए । ७ फेब्रुअरीका दिन एकाबिहानै उनको मृत्यु भयो ।
चाङ काई परिवारको दुःखान्त
वुहान प्रान्तका फिल्म डाइरेक्टर चाङ काईलाई जनवरी २५ मा निमोनियाको लक्षण देखियो । १७ दिनभित्र उनको परिवारका चारजना सदस्यको कोभिड १९ ले ज्यान लियो । विदेशमा पढ्ने छोरामात्रै जोगिन सफल भए ।
कोभिड १९ को कारण कैयन् घरपालुवा जनावरहरु एक्लै परे । एक्वारियममा हप्तौंसम्म खानाबिना रहेका माछाहरु एकाएक गायब भए ।
यस्ता समाचारले कलाकार हुवानलाई उद्वेलित बनायो । उनले जीवनमा मायाको अनुभूति र मृत्युको यथार्थलाई आफ्नो ब्रसमार्फत व्यक्त गरे ।
आर्टन्युज डटकमबाट (फोटोः पेस ग्यालरी)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस